बैंक ठग छ वर्षपछि प्रहरी फन्दामा

७ बैशाख २०७०, शनिबार ०८:३३ मा प्रकाशित

काठमाडौँ, ७ बैशाख । बैंक ठगेर फरार रहेका भक्तपुरका कृष्णमुरारी तिमिल्सिना प्रहरी फन्दामा परेका छन् । झुठा विवरणको आधारमा कर्जा लेनदेन गरी भष्ट्राचार गरेको मुद्धामा उनलाई बिशेष अदालत काठमाडौंले २०६४ सालमा ५ लाख ५९ हजार ८ सय ५३ रुपैया जरिवाना र सोही बरावरको बिगोसमेत ठहर गरी सजाय तोकेको थियो । भक्तपुर जिल्ला बागेश्वरी–२ निवासी ४५ बर्षीय तिमिल्सिनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीले भक्तपुर कमलबिनायकबाट पक्राउ गरेको हो । 
तिमिल्सिनाले कृषि विकास बैंक भक्तपुरका तत्कालिन प्रबन्धक समेतका बैंक कर्मचारीहरुसँगको मिलोमत्तोमा भक्तपुर जगातीस्थित चालु अवस्थामा नरहेको न्यू कमल बिनायक टे«डर्सका संचालक निजले धितो राख्न कानुनी हदम्याद नपुगेको बागेश्वरी–१ स्थित जग्गा कानुनी म्याद पुगेको देखाउन जग्गा धनी प्रमाण पुर्जामा स्वामित्व कायम भएको मिति सच्याई जग्गाको चार किल्ला, नापी नक्शा, गाविसको सिफारिस लगायतका कागजातहरु किर्ते गरी जग्गाको बास्तविक चलन चल्तीको भन्दा अत्याधिक दरमा मुल्याङकन गराई न्यू कमल बिनायक ट्रेडर्सका नाममा २०५६ साल बैशाख २१ गते ऋण लिई बैंकलाई ५ लाख ५९ हजार ८ सय ५३ बराबरको हानी पु¥याएका थिए ।
गैरकानुनी रुपमा निज प्रतिबादीलाई कर्जा प्रवाह गरी बैंकलाई हानी नोक्सानी पु¥याई भष्ट्राचारमा संलग्न बैंक प्रवन्धक समेत २ जना कर्मचारीहरु समेतलाई बिशेष अदालतले जरिवाना हुने ठहर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर