कांग्रेसले गल्तीको सजाय पाएको देउवाको कथन

६ बैशाख २०७०, शुक्रबार २२:३५ मा प्रकाशित

काठमाडौं, ६ वैशाख । अझै पनि असारमा निर्वाचन हुनसक्छ भनी केही नेताहरुले सार्वजनिक अभिव्यक्ति दिइरहेको परिवेशमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले आगामी भदौमा मात्र निर्वाचनको मिति तोक्नुपर्ने धारणा अगाडि सारेका छन् । अहिले नै निर्वाचनको मिति तोक्दा सबै काममा बाधा पर्ने र समस्या उत्पन्न हुन सक्ने तर्क गर्दै देउवाले मंसिरमा हुने निर्वाचनको मिति तीन महिना अघि मात्र तोकिनु उचित हुने बताए । शुक्रबार सर्लाही लालबन्दीमा आयोजित पत्रकार भेटमाउनले यस्तो धारणा अगाडि सारेका हुन् ।
नवलपरासीमा महासमितिको भेलाले अघिल्ला गल्ती कजमोरी सच्याएर सबैलाई समेट्दै अघि बढ्ने प्रस्ताव पारित गरेकोले जनताको विश्वास कांग्रेसप्रति बढेको उल्लेख गर्दै देउवाले आशन्न निर्वाचनमा काग्रेसको पक्षमा जनताले मतदान गर्ने र बहुमत हासिल हुने दावी गरे ।
उनले कांग्रेस मधेसकै पार्टी भएको भन्न पछि परेनन् । यसअघि पार्टीले गरेको गल्तीको संजाय मधेसले दिएको भन्दै उनले मधेसी जनताको सहानुभूति बटुल्ने प्रयास समेत गरे । गल्तीको सजाय पाईसकेकोले जनताले अब कांग्रेसले केही गर्छ भन्ने विश्वासका साथ मत दिएर बहुमत दिलाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय