माधवले माओवादी र मधेसी फोरमलाई फकाउन थाले

६ बैशाख २०७०, शुक्रबार २२:३४ मा प्रकाशित

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेृपालले उच्चस्तरीय राजनीतिक समितिमा नेकपा-माओवादी र मधेसी जनाधिकार फोरमलाई समावेश गरेर संविधानसभाको निर्वाचनको वातावरण बनाउनुपर्ने आफ्नो पार्टीको अडान बताएका छन्। प्रेस चौतारी नेपालको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई बधाई दिन तथा ुसंविधानसभा र मिडियाु विषयमा अन्तर्क्रिया गर्न चौतारीको काठमाडौं शाखाद्वारा राजधानीमा आयोजित कार्यक्रममा उनले यस विषयमा एमालेको पछिल्लो पोलिटब्युरो बैठकले निर्णय गरिसकेको स्पष्ट पारे । निर्वाचनको विरोधमा रहेका दलहरुका मागलाई सम्बोधन नगरी निर्वाचनको तयारीमा जान नसकिने उनको धारणा थियो । 
हालै आफ्नो पार्टी त्यागेका केही व्यक्तिविरुद्ध संकेत गर्दै नेता नेपालले रुखबाट केही पात झरेको र अब नयाँ पालुवा पलाउने अवस्था आउन लागेको रुपमा चित्रित गर्दै एमालेमा प्रवेश गर्नेको लहर चलेको दाबी गरे ।
यसअघि कार्यक्रममा आसन ग्रहणको सवालमा नेता माधवकुमार नेपालले आपत्ति जनाएका थिए। आयोजकले मञ्चमा आशनग्रहणका लागि धेरै व्यक्तिलाई बोलाएपछि प्रमुख अतिथि रहेका नेता नेपालले यस्तो प्रवृत्ति सुधार्न आग्रह गर्दै आफू ‘आशनग्रहण पीडित’ भएको स्मरण सुनाए। प्रायः कार्यक्रममा समयमा पुग्ने नेता नेपालले कुनै कुनै कार्यक्रममा सुरु भएको डेढ घण्टापछि पनि पुनः भर्खरै आएका व्यक्तिका लागि आशनग्रहण गराउने गर्दा झन्झटिलो हुने बताए। ‘यस्तो गर्दा मूल विषयमा छलफल गर्न समय पुग्दैन’, उनले भने। सूचना दिएर ढिला हुनेबाहेकलाई जतिबेला आयो त्यतिबेला लाम लगाएर आशनग्रहण नगराउन उनले सुझाव दिए, ‘त्यसो नगर्दा बानी परेकाहरु सधैँ ढिला आउँछन्।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी