प्रचण्ड ‘एजेण्डा’ खोज्न चीन गएको गजुरेलको आरोप

६ बैशाख २०७०, शुक्रबार ०८:१९ मा प्रकाशित

काठमाडौं, ६ बैशाख । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चैत १ गते चार दलवीच भएको ११ बुँदे सम्झौता, राष्ट्रपतिद्धारा जारी २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश, त्यसबाट बनेको सरकारको विघठन र गोलमेचसम्मेलनबाट नयाँ सरकार गठनको ठोस प्रतिबद्धता नआएसम्म राष्ट्रपतिसँग पनि वार्ता नगर्ने स्पष्ट पारेका छन् । सरकारले आफूहरुलाई वार्ताको लागि औपचारिक प्रस्ताव नै नगरी वार्तामा नबसेको हौवा फैलाएको आरोप लगाउँदै राजधानीमा आयोजित एक साक्षात्कारमा उनले माग पुरा गर्ने ठोस प्रतिबद्धता नआएसम्म वार्ता गर्नुको औचित्य नै नहुने ठोकुवा गरे । 
चार दलवीच भएको ११ बुँदे सम्झौताले मुलुकलाई संविधानविहीनता र निरंकुशतातिर लगेको कारण असारमा निर्वाचन हुन नसकेको दावी गर्दै यस्तै अवस्थामा मंसिरमा पनि निर्वाचन हुन नसक्ने स्पष्ट पारे । उनले भने– ‘असारमा निर्वाचन हुन नसक्नुको कारणमा कुनै परिवर्तन नआएको छैन, यस्तो अवस्थामा मंसिरमा पनि निर्वाचन हुन सक्दैन । ११ बुँदे सम्झौता, २५ बुँदे बाधा अडकाउ खारेज, त्यसबाट बनेको सरकार खारेज र गोलमेच सम्मेलनबाट नयाँ सरकार बनाउने कुरा सुनिश्चित भए मात्रै निर्वाचनमा भाग लिन्छौ ।’
एमाओवादी अध्यक्ष प्रचण्ड एजेण्डाविहीन भएकोले चीन र भारतको भ्रमणबाट एजेण्डा लिएर आउने भनि टिप्पणी गर्दै पार्टी अध्यक्षले देशको विकासको लागि बजेट ल्याउँछु भन्नु जनतालाई दिउँसै रात पार्नु भन्दा अरु केही नभएको ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९