बैंकद्धारा नै किर्ते र अदालतको अवहेलना

६ बैशाख २०७०, शुक्रबार ०८:१७ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । अदालतमा विचाराधीन रहेको मुद्दामा लिलामीको सूचना प्रकाशित गरेर काठमाडौं गैरीधारामा रहेको सनराईज बैंकले अदालतको अवहेलना गरेको आरोप मनकामना क्रसर उद्योगका सञ्चालकले लगाएका छन् । हेटौंडाको मनहरीमा रहेको उक्त क्रसर उद्योगलाई ऋण दिएको किर्ते कागज बनाएर असुल गर्न खोजेको, ऋण लिएको विल भौचर नदिएको र मुद्दा पुनरावेदन अदालत पाटनमा विचाराधिन रहेको अवस्थामा बैंकले सम्पत्ति लिलामीको सुचना निकालेर अदालतको अवहेलना गरेको उद्योगका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए । 
उनका अनुसार ४ करोड ४० लाखको तमसुक करकाप गरी गराएको दावीसहितको मुद्दा पुनरावेदन अदालत हेटौडामा झगडिया झिकाउने आदेश समेत भईसकेको बेला बंैकले अदालतमा विचाराधिन रहेको सो मुद्दामा बैशाख ३ गते लिलामीको अन्तिम सूचना निकालेको हो । यसअघि पनि बैंकले सो मुद्दामा सुचना प्रकाशित गरेपछि पाटन पुनरावेदन अदालतमा अवहेलना मुद्दा विचाराधीन छ ।
२०६५ साल चैत १९ गते १० सञ्चालक रहेर स्थापना भएको सो उद्योग २०६६ पुस ३ गते सम्पूर्ण सेयर सहित राजेन्द्रकुमार श्रेष्ठलाई विक्री गरेकोमा तत्कालिन प्रवन्ध निर्देशक सुरजलाल श्रेष्ठले बैंकबाट ५ करोड रुपैया ऋण स्विकृत गराएको भए पनि अहिलेसम्म बैंक र श्रेष्ठले सो पैसा केको लागि र कसरी खर्च भयो भन्ने हिसाव नयाँ सञ्चालकलाई नदिएपछि उनी अदालत पुगेका थिए । अदालतमा सोको विवरण समेत नबुझाई मुद्दा विचाराधिन अवस्थामा रहेको बेला बैंकले गरेको लिलामको सूचनाले आफू मर्कामा परेको सञ्चालक श्रेष्ठले गुनासो गरे । उनले न्यायालयको फैसला आफूलाई मान्य भएको स्पष्ट पार्दै न्यायालयलाई नै बेवास्ता गरेर हतारमा बैंकले सूचना निकालेपछि आफ्नो निजी सम्पत्ति हत्याउने चालवाजी भएको आशंका उत्पन्न भएको बताए ।
१५ टिप्पर, १ स्काभेटर, १ ह्विल लोडर, १ ट्रान्सफर्मर र ६५० केवीको जेनेरेटरसहित ५० कठ्ठा १० धुर जग्गा ६६ सालमा राजेन्द्र श्रेष्ठले लिएकोमा बैंकले ६८ साल असार १३ गते बैंकले अबैद्य रुपमा १४ टिप्पर र १ स्काभेटर सुरज श्रेष्ठ र बबिता खेतानको नाममा नामसारी गरेकोले पनि आफूविरुद्ध सुरज र बैंकले षडयन्त्र गरेको आशंका ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न