बिद्यालयलाई नगद सहयोग गर्ने प्राचार्यको सम्मान

६ बैशाख २०७०, शुक्रबार ०८:१२ मा प्रकाशित

रुपन्देही, ६ वैशाख । लक्ष्मी मावि बुटवलले न्यू होराइजन उच्च माविका प्राचार्य एवं शिक्षाविद लोकनाथ उपाध्यायलाई सम्मान गरेको छ । मावि भवनमा आयोजित बार्षिक परिक्षा सार्वजनिक कार्यक्रमका अवसरमा उपाध्यायलाई माविलाई आर्थिक सहयोग वापत सम्मान गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण नागिलाले बताए । लक्ष्मी माविमा एक प्रावि शिक्षकको एक बर्षको तलब रु. १ लाख ७० हजार ४ सय नगद प्राचार्य उपाध्यायको सक्रियतामा न्यू होराइजनले उपलब्ध गराएको छ । उक्त कार्यको उच्च सम्मान गर्दै उहाँलाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै उपाध्यायले संस्थागत विद्यालयका राम्रा कुराहरुलाई सरकारी विद्यालयहरुले अनुसरण गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाले अन्य मुलुकमा सरकारी विद्यालयमा अध्ययन गर्न पाउनु अवसरको विषय हुने तर हामी कहा ठिक उल्टो अवस्था रहेको भन्दै राज्य शिक्षाको सुधारमा गम्भिर नबनेको गुनासो गर्नुभयो । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण नागिलाको अध्यक्षता, शिक्षक प्रचण्ड जिसीको सञ्चालन र नारायण आर्चायको स्वागतमा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुली, नेपाल पत्रकार महासंघ, रुपन्देहीका सल्लाहाकार सुमन अधिकारी, लक्ष्मीनगर सामुदायीक बनका अध्यक्ष सर्वजित केसी, विद्यालयका सल्लाहाकार हरि घिमिरे लगायत बोल्नु भएको थियो ।
सो अवसरमा विद्यालयकी प्राधानाध्यापक लक्ष्मी गुरुङले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सम्पन्न बार्षिक परिक्षाको परिक्षाफल प्रकाशित गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
– चन्द्रकन्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण