पुनरावेदन अदालतद्वारा नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन वदरको फैसला

६ बैशाख २०७०, शुक्रबार ०७:०६ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, ५ वैशाख ।  पुनरावेदन अदालत पाटनले गत पुसमा भएको नुवाकोट उद्योग वाणिज्य संघको आठौं अधिवेशन तथा १२ औं साधारणसभामा गरिएको निर्वाच बदरको फैसला सुनाएको छ । साधारणसभा लगत्तै असन्तुष्ट पक्षले पुनः निर्वाचन गरिनुपर्ने मागसहित पहिलो निर्वाच बदर गरिनुपर्ने दावी सहित पुनरावेदन अदालतमा मुद्धा दायर गरेका थिए ।
पराजित प्यानलका अध्यक्ष वीरेन्द्रराज केसी पक्षले निष्पक्ष निर्वाचन हुन नसकेको जनाउँदै पुनः मतदान हुनुपर्ने माग राख्दै पुनरावेदन अदालतमा मुद्धा दायर गर्नुका साथै उद्योग वाणिज्य संघको विदुरस्थित कार्यालयमा त्यसबेला तीनदिन तालाबन्दी समेत गरेका थिए । पुनरावेदन अदालतका न्यायाधिशद्वय डा. कुलरत्न भुर्तेल र टंक मोक्तानको संयुक्त इजलाशले गैरकानुनी रुपमा निर्वाचन भएको पाइएकोले उक्त निर्वाच बदर गरी पुरानो कार्यसमितिद्वारा पुनः साधारणसभा गरी निर्वाचन गर्नुपर्ने फैसला सुनाएको हो ।
उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा निर्वाच नबदर भएको पुनरावेदन अदालतमा मुद्धा दायर भई फैसला भएको यो पहिलो घटना हो । यसअघि नै असन्तुष्ट पक्षले संघको कार्यालयमा लगाएको ताला फुटाउन राजनलाल श्रेष्ठ पक्षले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएपछि प्रशासनले प्रहरीलाई पत्र लेखेपछि प्रहरीले संघका निवर्तमान अध्यक्ष शरणउत्सुक सापकोटाको रोहवरमा ताला फुटाएपछि श्रेष्ठ पक्षधरले सापकोटाबाट पद तथा गोपनियताको सपथ गरेका थिए ।
चारमहिना पछि पुनरावेदनले सो निर्वाचन गैरकानुनी भएको ठहर गर्दै पुनः निर्वाचन गर्नुपर्ने फैसला गरेपछि आफू उत्साहित भएको वीरेन्द्रराज केसीले विहीबार वताउनुभयो । अब अदालतको फैसलाअनुसार संघले कार्य गर्नुपर्ने अध्यक्षका उम्मेदवार केसीको भनाई छ ।
संघको निर्वाचनमा कूल १९०३ मतदाता मध्ये गत पुस महिनामा सम्पन्न नयां कार्य समितिका लागी भएको निर्वाचनमा १७२३ मत खसेको थियो । खसेको मत मध्ये अध्यक्ष श्रेष्ठले नौसय ९६ र वीरेन्द्रराज केसीले ६ सय ६२ मत प्राप्त गरेका थिए । केसी पक्षीय टोलीले निर्वाचन निष्पक्ष रुपमा नभएको र पुनः मतदान गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालतमा मुद्धा दायर गर्नुका साथै नुवाकोट उद्योग वाणिज्य संघको विदुरस्थित कार्यालयमा तालाबन्दी गरेका थिए ।
संघको वस्तुगततर्फ १० मतदाता रहेकोमा नौ मत खसेको अवस्थामा मत गन्ने क्रममो ११ मतपत्र फेला परेपछि निर्वाचन निष्पक्ष रुपमा हुन नसकेको जनाउँदै पुनः निर्वाचनको माग गर्दै मुद्धा दायर गरिएको केसी पक्षधर माधवकुमार गजुरेलले जानकारी दिनुभयो । मत पेटिका खोल्दा खसेको मत भन्दा बढी भेटिनु र कतिपय मतदाता को स्थानमा अरुले नै फर्जी मत खसालेको पुष्टि भएकाले पुनः मतदानको माग गर्दै मुद्धा दायर गरिएको कोषाध्यक्षका उम्मेदवार धु्रबलाल श्रेष्ठले वताउनुभयो ।
संघ व्यवसायीहरुको हकहितका लागि भन्दा पनि राजनीतिक गर्ने थलोका रुपमा विकसित हुँदै गएको श्रेष्ठको भनाई छ । श्रेष्ठ समूहले फर्जी मत खसालेको थुप्रै प्रमाणहरु रहेको पराजित केसी समूहले दावी गरेको छ ।
संघको निर्वाचन समितिले भने मतदाता भन्दा बढी मत खसेको भेटिएको वस्तुगततर्फको मतगणना स्थगित गरेर राजन श्रेष्ठ प्यानल विजयी भएको घोषणा गरिएको थियो । वस्तुगतमा दुई प्यानलबाट चार जनाले उम्मेदवारी दिएका थिए ।
निष्पक्ष रुपमा निर्वाचन नभएको ठहर गर्दै एक पक्षले कार्यालयमा गरेको तालाबन्दीका सुरक्षाकर्मी लगाएर फुटालेपछि नुवाकोट उद्योग वाणिज्य संघको नयाँ पदाधिकारीले शपथ ग्रहण गरेका थिए । वीरेन्द्रराज केसी पक्षले निष्पक्ष निर्वाचन हुन नसकेको जनाउँदै पुनः मतदान गर्नुपर्ने माग राख्दै संघको कार्यालयमा तालाबन्दी गरिनुका साथै अदालतमा दायर गरेको मुद्धाको फैसला उद्योगी व्यवसायीहरुलाई थप हौसला मिलेको केसीको भनाई छ ।
यसैबीच, राजनलाल श्रेष्ठ पक्षधर भने आफ्ना प्रमाणहरुसहित सर्वाेच्च अदालतमा मुद्धा दर्ता गर्न जाने तयारीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडौं । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ ।आरटी पीसीआर परीक्षण गराउँदो