आणविक युद्धको बाटो छेक्न लुम्बिनीबाट प्रार्थना

६ बैशाख २०७०, शुक्रबार ०५:२९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ६ वैशाख । कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले दुई कोरियाली देशबीच भडकिन लागेको आणविक युद्धलाई लुम्बिनीबाट शान्तिदीपले साम्य पार्ने धारणा ब्यक्त गरेका छन् । बिहिबार लुम्बिनीमा नेपाल दक्षिण कोरिया बिश्व शान्तिदीप यात्रा २०६९ समारोहलाई सम्बोधन गर्दै राजदूत लामाले दुई कोरियाबीच हुने साम्भावना रहेको आणविक युद्ध संसारको जुनसुकै कुनामा आकाशमार्फत बिष्फोट हुने भएकोले त्यसलाई रोक्नका लागि सबै नागरिकले कामना गर्नुपर्ने आग्रह गरे ।
सो अवसरमा कोरियाली भिक्षु सम्बु हेजाले लुम्बिनीबाट प्रज्ज्वलन गरेको शान्तिदीप कोरियास्थित एक सय आठ वटा गुम्वामा जलाएपछि कोरियाली द्धन्द्ध साम्य पार्नुको साथै नेपाल र दक्षिण कोरियाबिचको समबन्ध अझै सुमधुर हुने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक कपिल लामा, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष आचार्य भिक्षु कर्मा स्याङबो शेर्पा, अन्तराष्ट्रिय बौद्ध समाज लुम्बिनीका अध्यक्ष भिक्षु मैत्री लगायतले शान्तिका पक्षमा मन्तब्य ब्यक्त गरेका थिए । लुम्बिनीस्थित शान्तिदीपबाट प्रज्ज्वलन गरिएको दीप मायादेवी मन्दिर परिक्रमा गरि शुक्रबार राष्ट्रपति डा. रामवरण यादवमार्फत दक्षिण कोरियालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेका आयोजकले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको