‘तिब्बतको सुरक्षाका लागि’ ल्हासाबाट लुम्बिनीसम्म रेलमार्ग जोड्न प्रचण्डको प्रस्ताव !

६ बैशाख २०७०, शुक्रबार ०५:२७ मा प्रकाशित

काठमाडौं, ६ वैशाख । चीन भ्रमणमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्। भेटका क्रममा राष्ट्रपति सीले नेपालको आर्थिक विकासमा तिब्बतको सुरक्षा चासो जोडिएको जनाउँदै 
भारतसँग मिलेर नेपालका ठूला परियोजनामा लगानी गर्न चीन तयार रहेको बताएको प्रचण्डलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । बेइजिङस्थित ग्रेट हलमा बिहिबार करिब ४५ मिनेट भएको औपचारिक भेटवार्तामा राष्ट्रपति सीले तिब्बतको सुरक्षाका विषयमा मात्र बढ्ता ध्यान केन्द्रीत गरेको प्रचण्डले महसुस गरेका समाचारमा जनाइएको छ । चीनले नेपाललाई महत्व दिनुको मतलब तिब्बत मामला मात्र भएको आफूले अनुभूति गरेको प्रचण्डले स्थानीय नेपाली सञ्चाकर्मीलाई बताएका छन् ।
नेपालको विकासमा पर्यटनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्दै आएका प्रचण्डले त्यसका लागि मध्यपहाडी राजमार्ग र उत्तर दक्षिण लिंक रोडमा सहयोग गर्न चीनलाई आग्रह गरेको बताइएको छ । ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्गका विषयमा प्रस्ताव राख्दा चीन सकारात्मक देखिएको पनि प्रचण्डले बताएका छन् । चीनका उपराष्ट्रपति ली युनचाओ र अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङ जइरुसँग संघीयताबारे लामो छलफल भएको पनि प्रचण्डले उल्लेख गरेका छन् । संघीयताले नेपालमा समस्या ल्याउँछ कि भनी चिनियाँ नेताहरुले चिन्ता प्रकट गरेका तर संघीयताको विपक्षमै भने चीन नरहेको आफूले अनुभूत गरेको उनले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको