इतिहास रच्दा करोड चुर्लुम्म

६ बैशाख २०७०, शुक्रबार ०५:२३ मा प्रकाशित

सिनेमा मात्र राम्रो बनाएर हुँदैन, समय, परिवेश र भाग्यले पनि साथ दिनुपर्छ भन्ने भनाइ नेपाली चलचित्र क्षेत्रमा प्रचलित छ । यो भनाइ निर्देशक दीपेन्द्र खनालमाथि यतिबेला चरितार्थ भएको छ । सबैबाट वाहवाही मिले पनि आफ्नो सिर्जना लक्षित वर्गसम्म नपुग्दा सर्जक तनावमा आउनु सामान्य नै हो । यस्तै भएको छ निर्देशक दीपेन्द्र खनाललाई ।
नेपाली सिनेमाको इतिहासमै पहिलोपटक थ्रीडी प्रविधिको सिनेमा बनाएर निर्देशक खनालले इतिहास त रचे तर उनी सन्तुष्ट छैनन् । ‘यो इतिहास रच्ने कार्य मलाई निकै महँगो प¥यो,’ खनाल भन्छन् । कुरा के रहेछ त भन्ने जिज्ञासाको जवाफमा बेलिविस्तार लगाउँदै खनालले गुनासो गरे, ‘थ्रीडी सिनेमा त बनाएँ तर यो प्रविधिमा बनेका सिनेमा देखाउने हल भने नेपालभर जम्मा चारवटा मात्र रहेछन् । मैले चाहेर पनि सबै दर्शकसमक्ष यो फिल्म पु¥याउन सकिन“ र दर्शकले चाहना राखेर पनि यो सिनेमा हेर्न पाउनुभएन ।’
जम्मा चारवटा हल पनि काठमाडौंमा मात्र भएकाले काठमाडौंबाहिरका दर्शक त पहिलो थ्रीडी नेपाली सिनेमा हेर्नबाट वञ्चित हुन पुगेका छन् । ‘यो सिनेमाको मज्जा र आकर्षण भनेको विशेष चस्मा लगाएर हेर्नु हो, तर त्यो नै दर्शकहरूले उपभोग गर्न नपाएपछि दिक्क नलाग्ने कुरै भएन’ भन्छन् दीपेन्द्र ।
एक करोड हाराहारीको लगानीमा बनेको चलचित्र भिजिलान्ते काठमाडौंमा जति चले पनि त्यति लगानी नउठ्ने कुरा अब निश्चित छ । हेर्ने सबैले तारिफ गरेजस्तै सबै वर्ग, तह र तप्काका दर्शकमाझ पु¥याउन नसक्दा चिन्तित बनेका निर्देशक दीपेन्द्र खनाल इतिहास लेख्न पाएकोमा भने केही राहत महसुस भएको स्वीकार गर्छन् । खनाल भन्छन्, ‘थ्रीडी नेपाली चलचित्रको प्रयोगमा सफल भएको छु, यो पनि एउटा इतिहास रचेकैसरह हो । अहिलेलाई यत्तिकैमा चित्त बुझाउनुपर्ला ।’

प्रतिक्रिया
सम्बन्धित खवर

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप

काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित

काठमाडौं । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने