हुनेवाला दुलहा वेपत्ता भएपछि…

५ बैशाख २०७०, बिहीबार २२:३९ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । राजमार्ग बन्दका लागि बदनाम रहँदै आएको चितवनमा बन्दका सन्दर्भमा बिहिबार अर्को एक नयाँ रेकर्ड बस्यो । विवाहको टीकाटालो गरेर केटा बिबाहमा उपस्थित नभइदिएपछि केटी पक्षले आफ्नो बेइज्जती भएको भन्दै केटाको खोजी गर्यो । तर जब निकै सोधखोज गर्दा पनि दुलहा फेला परेन तब रन्थनिएको केटी पक्षले उपाय सोच्यो सडक बन्द गराउने । यसरी पूर्वी चितवनको रत्ननगर–८ पर्सौनीस्थित केटी पक्ष र स्थानीयवासीले केटा झिकाउनुपर्ने माग गर्दै आज पूर्वपश्चिम राजमार्गअन्र्तगत रत्ननगरको बकुल्लहरमा दुई घन्टा सडक अवरुद्ध गरे । अपराह्न १ बजेदेखि बन्द रहेको राजमार्ग प्रहरीले बल प्रयोग गरी २ : ३० बजे मात्र खुलाएको थियो । सो क्रममा बन्दकर्ता र प्रहरीबीच झडप पनि भएको बुझिएको छ ।
रत्ननगर–३ वेल्सी निवासी सुजन खनालले रत्ननगर–८ पर्सौनी बस्ने निशा ढकालसँग विवाहका लागि गत फागुन ३० गते टीकाटालो गरेका थिए । यही वैशाख ११ गते विवाह गर्ने दिन तोकिए पनि केटा बिनाकारण सम्पर्क बाहिर रहेपछि आक्रोशित केटी पक्षले सडक अवरुद्ध गरेका हुन् । केटालाई झिकाउनुपर्ने माग गर्दै केटी पक्षले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । टीकाटालो गरेको दुई दिनपछि स्वयम् केटाले केटीलाई फोन गरेर “त्यो केटा अरु नै केटी लिएर भाग्यो, अब तिमी आफ्नो सुर गर” भनेर फोनसमेत गरेको केटीका काका रामबाबुले बताएको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।