मधेसमा जन्मिएको सदभावना ‘राष्ट्रिय’ बनेको दाबी

५ बैशाख २०७०, बिहीबार २२:३६ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । रेग्मी सरकारको आयुबारे अनेक अडकलबाजी चलिरहेको बेला सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले मंसिरबाट उताको समय देख्न नपाउने अभिव्यक्ति दिएका छन् । खिलराज रेग्मीको नेतृत्व सत्ता र शासनका लागि नभई केवल चुनावका लागि भएको र चुनावी डेटलाईन मंसिरसम्म मात्र रहेको मलंगवामा आयोजित पार्टीको एक सभामा महतोले जनाए । सरकारलाई सत्ता र शासन चलाउन छोडेर चुनावमा केन्द्रित हुन पनि महतोले आग्रह गरे।
असारमा निर्वाचनको सम्भावना सकिएको स्वीकार गर्दै महतोले मंसिरमा चुनाको तिथि तय गरेर सरकारले जनगणनाको अधारमा निर्वाचन क्षेत्र निर्धारण, संवैधानिक रुपमा गाउँ गाउँमा टोली मार्फत नागरिकता वितरण र मतदाता अद्यावधिक गर्नु पर्ने बताए। नेकपा(माओवादीसहितका दलले उठाउँदै आएको सरकार विघटनको माग चुनाव विथोल्ने षडयन्त्र रहेको दाबी उनले गरे । दोश्रो पटक हुन लागेको संविधानसभाको चुनाव राजनीतिक दलका लागि अग्नि परीक्षा रहेको उनको कथन थियो । मधेशमा जन्मेर क्षेत्रीय पार्टी भएर जनतामा जमेका सद्भावना अब राष्ट्रिय पार्टी भएर लोकप्रिय भएको भन्दै महतोले आफ्नो पार्टी कांग्रेस र एमालेको विकल्प भएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना