अर्घाखाँचीमा ठूलो संख्यामा अवैध हतियार संकलन

५ बैशाख २०७०, बिहीबार १२:३४ मा प्रकाशित

मुक्तिनाथ भुसाल, अर्घाखाँची, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय सन्धिखर्क अर्घाखाँचीले जिल्ला भित्रबाट संकलन गरिएका १९३ थान अवैध हातहतियार सार्वजनिक गरेको छ । गूह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार अवैध हातहतियार आफुलाई पायक पर्ने प्रहरी कार्यालयमा वुझाउन पहिलो पटक २०६९ साल फाल्गुण ३ गते ३५ दिने सुचना जारी भएको थियो । एकपटकको लागी अवैध हातहतियार बुझाउने हरुलाई कारवाही नगरी सम्मान गर्ने नेपाल सरकार र जिल्ला सुरक्षा समिती अर्घाखाँचीवाट निर्णय भएको कारण यि अवैध हातहतियार संकलन गर्नेमा प्रहरीलाई सहयोग पुगेको प्रहरी नायव उपरिक्षक हिरा वहादुर पाण्डेले जानकारी गराएका थिए ।
कार्यक्रमका अध्यक्ष प्रजिअ गोविन्दमणि भुर्तेलका अनुसार आफ्नो जिल्ला आगमन सँगसँगै यत्रतत्र छरिएर रहेका अवैध हातहतियार संकलन गर्नुपर्दछ भन्ने प्रस्तावलाई जिल्लाका सुरक्षा टिमहरुले सकारात्मक भुमिका निर्वाह गरेकोमा प्रहरी नायव उपरिक्षक सहित सिङ्गो प्रहरी टिमलाई धन्यवाद दिएका थिए । यसरी संकलन गरिएका अवैध हातहतियारहरु इलाका प्रहरी कार्यालय ठाडा, खन र सिद्धारा वाट ४४ थान, प्रहरी चौकी नरपानी, पाली, वल्कोट, खिदिम, ढाकावाङ्ग, खिल्जी, सिमलपानी र जलुके वाट १३८ थान गरी जम्मा १८२ थान सावुत हातहतियार सार्वजनिक गरेको थियो । प्रहरी चौकी पाली वाट १० थान र खिदिमवाट १ थान गरी जम्मा ११ थान थप बेसावुत हातहतियार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्यक्रमको प्रभावकारीता र अवैध हातहतियार अक्षmै रहेको हुनसक्ने सम्भाव्यतालाई मध्य नजर गरि जिल्ला सुरक्षा समितिवाट गएको चैत्र १२ मा पुन म्याद थपिनुको साथै नेपाल सरकारको गूह मन्त्रालयवाट पनी ३० दिन थप म्याध भर्केरै प्राप्त भएको जानकारी गराएको छ । यो अवधिमा जिल्ला भित्र रहेका थप हातहतियार संकलन गर्ने प्रहरी क्रियाशिल हुने र आम जिल्लावासीहरुले पनी उक्त अवसरको सदुपयोग गरि अवैध हतियार मुक्त अर्घाखाँची कार्यक्रममा सहभागी भई सहयोगको लागी प्रहरी नायव उपरिक्षक हिरावहादुर पाण्डे र प्रजिअ भुर्तेलले एक साथ अपिल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको