प्रचण्डले यसरी सिध्याउँदैछन् वैद्य पक्षलाई

५ बैशाख २०७०, बिहीबार १२:१५ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । सरकारले माओवादीका नेताहरुलाई तह लगाउन बेग्लै योजना अघि सार्न लागेको बुझिएको छ । अवैध हतियार तथा खरखजना ऐनअन्तर्गत नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य किरण, महासचिव रामबहादुर थापा बादललगायत दुई दर्जनभन्दा बढी केन्द्रीय नेतालाई कारबाही गर्ने स्रोतले जनायो । माओवादीका नेताहरूले व्यक्तिगत सुरक्षाका कारण देखाएर सरकारी हतियार प्रयोग गरिरहेकाले ती हतियार फिर्ता नगरे खरखजना ऐनअन्तर्गत कारबाही गर्ने तयारी भएको हो ।
सरकारले माओवादी नेतालाई आफ्ना सुरक्षामा प्रयोग गरेको भनिएका सबै हतियार वैशाख मसान्तभित्र फिर्ता गर्ने समयसीमा नै तोकेको छ । यदि वैशाख मसान्तभित्र नबुझाए ती सबै हतियारलाई अवैध घोषणा गरी हतियार राख्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्न सरकारले गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । माओवादी नेताहरू शान्तिप्रक्रियामा आएलगत्तै केन्द्रीय नेताहरूले आफ्नो सुरक्षाका लागि भन्दै सरकारी हतियारसहित आफ्न लडाकुलाई निजी सुरक्षामा प्रयोग गरेका थिए । तर, नेताहरूको सुरक्षामा रहेका लडाकु स्वेच्छिक अवकाश लिएर बाहिरिएपछि ती हतियार माओवादीकै नेताहरूले आफ्नो सुरक्षामा प्रयोग गर्दै आएका छन् । तर, कुन नेतासँग त्यस्ता हतियार छन् भन्नेबारेमा भने सरकारले केही बताएको छैन ।
एमाओवादीका नेताहरूले भनेपार्टी विभाजन भएसँगै हतियार बोकेका नेताहरू पार्टीबाट विभाजन भएको अर्कै पार्टीमा गएकाले एमाओवादीका कुनै पनि नेतासँग हतियार नरहेको जिकिर गर्दै आएका छन् । उनीहरूले वैद्यले नेतृत्व गरेको पार्टीका नेताहरूसँग भने हतियार रहेको आरोप लगाउँदै आएका छन् ।
गृह मन्त्रालयका अनुसार माओवादी लडाकु नेपाली सेनामा समायोजन भएपछि पार्टीका शीर्र्ष नेताहरूले आफ्नो सुरक्षाका लागि भन्दै ३२ थान हतियार राखेका थिए । त्यसमध्ये सात थान नेपाल प्रहरीले विभिन्न समयमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइसकेका छन् । तर, २५ थान हतियार अझै फेला पार्न सकेको छैन । सरकारले सोही हतियार बुझाउन माओवादीलाई समयसीमासहित भनेको हो– सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
सरकारले मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरी अवैध हतियार राख्नेलाई कारबाही गर्ने निर्णय गरेकाले तोकेको समयमा त्यस्ता हतियार फिर्ता नगरे साना–ठूला सबै नेता तथा कार्यकर्तालाई कारबाही अघि बढाइने मन्त्री पौडेलको भनाइ थियो । माओवादी नेताहरूले प्रयोग गरेको हतियार फिर्ता नभएकाले सबैभन्दा पहिले उनीहरूबाटै फिर्ता गराउन लागिएको जानकारी पनि पौडेलले दिए ।
भयरहित वातावरणमा निर्वाचन गर्नका लागि भन्दै सरकारले वैध तथा अवैध सबै हतियार फिर्ता गराउने उद्देश्यअनुसार पहिलो चरणमा माओवादीका नेताहरूले आफ्नो सुरक्षामा प्रयोग गरेको भनिएको हतियार फिर्ता गर्न भने पनि सरकारले एमाओवादी अध्यक्ष प्रचण्डको योजनाअनुसार वैद्य समूहमा गएका केही नेताहरूलाई कारबाही गर्नका लागि यस्तो निर्णय गरिएको स्रोतले जानकारी दियो । सरकारले प्रचण्डको पुरानै योजनाअनुसार नेकपा–माओवादीका केन्द्रीय नेताहरूलाई अवैध हतियार तथा खरखजना ऐनअनुसार कारबाही गर्ने तयारी गरेको हो । स्रोतका अनुसार उनले पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा सरकार रहेकै बेला सरकारबाट यस्तो निर्णय गराउन खोजेका थिए । तर, भट्टराईले यसमा चासो नदेखाएपछि प्रचण्डले चुनावका नाममा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीमार्फत आफ्नो योजना कार्यान्वयनमा लैजान लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना