अवैध हतियारसहित पूर्वलडाकु र हत्या अभियोगमा प्रेमी–प्रेमिका पक्राउ

५ बैशाख २०७०, बिहीबार १२:१४ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । मित्रनगर नयाँबसपार्क नजिक फ्ल्याट भाडामा लिई बसेका चारजनालाई प्रहरीले हतियार तथा गोली लगायतका सामानसहित पक्राउ गरेको छ । 
प्रहरीले गोरखा ताक्लुङका २३ बर्षीय यामबहादुर थापाको कोठाबाट जर्मनी लेखेको राईफल १ थान, म्याजिन २ थान र सो को गोली ५३ राउण्ड, गोरखा छोप्राङ–१ की एलिसा गुरुङको कोठाबाट जर्मनी सिक्सर रिभल्वर १ थान, सोको गोली २ राउण्ड, मोरङ जिल्ला लेटाङ–४ का २५ बर्षीय रुद्र दाहालबाट तरबार २ थान, बहराईनको भिषा ३ थान, विभिन्न व्यक्तिको राहदानी १० थान र बाँके नेपालगंज घर भएका १९ बर्षीय पंकज मल्लबाट खुकुरी १ थान तथा चक्कु १ थान सहित पक्राउ गरेको थियो । यामबहादुर र एलिसा श्रीमान्–श्रीमति रहेका र उनीहरु सबै पूर्व माओवादी लडाकु रहेको बताइएको छ ।
यस्तै, कामनपा–७ का नन्दकिशोर ढुंगेलको छोरा २९ वर्षीय सनत ढुंगेल हत्याको अभियोगमा पक्राउ परेका छन् । ढुंगेलले सिरहा घर भई काठमाडौं मैतिदेवी बस्दै आएका २८ वर्षीय सुमित वि.सि. गत २ गते घट्टेकुलोस्थित तमोर मार्गमा धारीलो हतियार प्रयोग गरी हत्या गरेका थिए । त्यसपछि फरार रहेका अभियुक्त ढुंगेल कलंकीमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनीसँगै प्रहरीले काठमाडौं तीनचुलीकी २१ वर्षिया कविता थापा मगरलाई पनि नियन्त्रणमा लिएको छ । कविता सनतकी प्रेमिका रहेकी र विसीको हत्यामा कविताको पनि मिलेमतो रहेको आशंकामा पक्राउ गरिएको हो ।
यसैबीच, अवैध रुपमा युवाहरुलाई बैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने गरेको अभियोगमा काठमाडौं कपनमार्ग निवासी सुनिता लामालाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षिया सुनिताको घर खानतलासी गर्दा ५१ वटा पासपोर्ट फेला परेको प्रहरीले जनाएको छ । सुनितालाई थप अनुसन्धानको लागि प्रहरीले बैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड