६ जनाको समूहद्वारा महिला बलात्कृत

५ बैशाख २०७०, बिहीबार १२:०२ मा प्रकाशित

रुपन्देही, ५ वैशाख । स्थानीय एक २१ बर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा केरवानी बस्ने २८ बर्षीय नाजामुदीन धुनियाँसहित ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । 
उनीहरुले गत मंगलबा।र सुनवल–८ की ती महिलालाई केरवानी–२ लक्ष्मीटोलस्थित पोखरीमा काम गरिरहेको अवस्थामा बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख भएको बुझिएको छ । सुस्त मनस्थितिकी पिडित महिलाको लुम्बिनी अंचल अस्पतालमा उपचार भइरहेको छ ।
उता, त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा खटिएको लागू औषध नियन्त्रण व्यूरोको प्रहरी टोलीले चैत २७ गते ड्रागन एयरको उडानद्धारा काठमाडौँबाट हङकङ जान लागेका नुवाकोट जिल्ला लुप्चे–५ घर बताउने ३९ बर्षीय बिरमान तामाङले लागू औषध चरेश प्लाष्टिक कोडेट क्याप्सुल निली पेटमा लुकाई लैजादै छन् भन्ने बिषेश सुचनाको आधारमा पक्राउ गरी नेपाल प्रहरी अस्पताल महाराजगंजमा लगिएकोमा स्वास्थ्य जाँच परिक्षण गरी उपचार पद्धतीद्धारा दिशा गराउदा तामाङको पेटबाट प्लाष्टिक कोडेट १३२ वटा क्याप्सुल फेला परेको र भित्र रहेको चरेश तौल गर्दा १ किलो ३ सय ४० ग्राम बरामद भएको थियो ।
यसैगरी लागू औषध नियन्त्रण व्यूरो नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले स्याङजा जिल्ला साखर–७ घर बताउने २४ बर्षीय एमरल्ड सिंह ठकुरी, नवलपरासी जिल्ला शिवमन्दिर–८ मिलनटोल घर बताउने २५ बर्षीय लिला मगर र अर्घाखाँची जिल्ला पजेणा –३ आमडाँडा घर बताउने २४ बर्षीय नरेश घलेलाई चैत २९ गते काठमाडौँ पुतलीसडकबाट १ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा