किन गरिँदैछ गृह प्रशासनमा फेरबदल ?

५ बैशाख २०७०, बिहीबार ०५:२० मा प्रकाशित

काठमाडौं, ५ वैशाख । चुनावको तिथि घोषणा हुनुअघि गृह प्रशासनमा व्यापक फेरबदल हुने भएको छ । प्राप्त जानकारीअनुसार पाँच विकास क्षेत्रका प्रहरी प्रमुख (डीआईजीपी)हरू परिवर्तन गर्ने तयारी भएको छ भने केही जिल्लाका एसपी, डीएसपी र एसएसपीहरू पनि फेरिनेछन् । त्यसैगरी धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि बदलिने भएका छन् । आगामी एक साताभित्रै गृह प्रशासनले प्रहरी प्रमुख तथा प्रजिअहरूको सरुवा गर्ने बुझिएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पाँच विकास क्षेत्रका प्रहरी प्रमुख तथा अधिकांश जिल्ला प्रहरी प्रमुख आफूअनुकूलका व्यक्तिहरू चयन गरेको थियो । जसका कारण निर्वाचन निष्पक्ष एवम् धाँधलीरहित हुनेमा काङ्गे्रस–एमालेलगायतका राजनीतिक दलहरूले आशङ्का व्यक्त गर्दै आएका छन् । 

चुनावी सरकारले चुनावी वातावरण बनाउन र सबै दलहरूको विश्वास आर्जन गर्न गृह प्रशासनअन्तर्गत यसरी व्यापक फेरबदल गर्न लागेको बताइएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराई आफूहरूले बनाएको ‘सेटअप’ भत्कने डरले चिन्तित भएका छन् । असारमा निर्वाचन हुने भएको भए सरकारले गृह प्रशासनअन्तर्गत फेरबदल या सरुवा गर्न सम्भव थिएन । त्यसैले प्रचण्डले असारमै निर्वाचन हुनुपर्छ भनेर जोड दिने गरेका पनि हुन् । तर, प्रचण्ड–बाबुरामले जतिसुकै चिन्ता गरे पनि अब एक साताभित्र प्रहरी अधिकृत तथा सीडीओहरूको व्यापक फेरबदल गर्न सरकार कटिबद्ध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र