चर्चित अभिनेत्री मनिषा कोइराला बलिवुड फर्कीइन

२१ चैत्र २०६८, मंगलवार २१:४९ मा प्रकाशित

मुम्बई । सर्बाधिक चर्चित हिन्दि चलचित्र खामोसी, १९४२ अ लभ स्टोरी, बम्बे, र दिल से जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरेर चर्चित भारतीय सिनेमा उद्योगमा सर्बाधिक सफल अभिनेत्रीको ताज पाउन सफल अभिनेत्री मनिषा कोइरालाको बलिउडमा पुन: डेब्यु भएको छ ।  गत साता मुम्बैका ठुला ब्यानरमा बन्न लागेका चलचित्रहरुमा अनुबन्धित अभिनेत्री मनिषा कोइरालाले आफ्ना आगामी चलचित्रका बारेमा तत्काल केही बताउन नचाहे पनि बलिउडमा फर्किएको पुष्टि गरेकी छिन।

कोइरालाका अनुसार ठुला ब्यानरका तीनवटा चलचित्रलाई  उनले मन्जुरी  दिएकी छिन । चलचित्रको नामको घोषणा भने हुन बाकी छ। यसै वर्ष निर्माण सुरु हुने उनका चलचित्रहरु अर्को वर्ष मात्र  दर्शकले हेर्न पाउने छन्। सुभाष घइको चलचित्र सौदागरबाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी चर्चित अभिनेत्री मनिषा कोइरालाका चलचित्रहरु सर्बाधिक सफल हिन्दि सिनेमाहरुमा पर्छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले