रविले राखे लामो टेलिभिजन अन्तर्वार्ताको विश्वरेकर्ड

५ बैशाख २०७०, बिहीबार ०५:०७ मा प्रकाशित

काठमाडौ । रेकर्ड राख्नु या रेकर्ड तोड्नु आफैँमा कम गौरवको कुरा होइन। अझ त्यसमाथि त्यस्ता रेकर्ड व्यक्तिगत फाइदाका लागि नभएर समग्र मुलुकका लागि भयो भने त झन् सुनमा सुगन्ध हुने नै भयो। यस्तै सुनमा सुगन्ध हुने काम गरेका छन् सञ्चारकर्मी रवि लामिछानेले। बुद्ध नेपालमा नै जन्मेका हुने भन्ने पवित्र उद्देश्य बोकेर उनले यो साता विश्वकै सबैभन्दा लामो ‘टक शो’ सम्पन्न गरेर गिनिज बुकमा नाम लेखाएका छन्। निरन्तर रूपमा ६२ घन्टा १८ मिनेटको रेकर्ड राख्न सफल रविले यसबीचमा एक सय दुईजनाको अन्तर्वार्ता लिएका थिए। न्युज २४ मार्फत निरन्तर रूपमा प्रसारण भएको यो अन्तर्वार्ताको मेनेजमेन्ट भने वेलकम एडभरटाइजिङले गरेको थियो। कुनै समय एफएम र नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा स्वदेशमा मात्र चिनिएका रविको परिचयले यतिबेला विश्वव्यापी चर्चा पाएको छ। तर, उनी यो चर्चालाई व्यक्तिगत रूपमा आफूले मनन नगरेको कुरा बताउँछन्। ‘यो एउटा पवित्र उद्देश्यले गरिएको साहस हो। अब दश लाख हस्ताक्षर पुर्यािएर संयुक्त राष्ट्र सङ्घका महासचिवलाई हस्तान्तरण गर्ने र बुद्ध नेपालमा जन्मिएको कुरालाई स्थापित गरेपछि मात्र म सफल हुनेछु,’ उनले भने। लामो समयदेखि अमेरिकामा बस्दै आएका रवि यतिबेला नेपालमा छन्। अब उनी केही हप्ता स्वदेश बसेपछि अमेरिका फर्कंदै छन्। ‘तर, यो यात्रा र उद्देश्यमा बे्रक भने लाग्ने छैन,’ उनको सङ्कल्प छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो