जियाको जिब्रो फटफटाएपछि…!

५ बैशाख २०७०, बिहीबार ०५:०० मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । जिया केसी यस्ती कलाकार हुन् जो कामले होइन बद्नामीका कारण बढी चर्चामा छिन्। कहिले निर्देशकसँगको सङ्गत त कहिले नायक भुवन केसीसँगको अन्तरङ्गी सम्बन्धका कारण चर्चामा आइरहने जिया अझै बद्नामचाहिँ चलचित्र एटीएमबाट भएकी हुन्। यस चलचित्रमा उनले बोलेको संवाद र दिएको दृश्यले यति धेरै आलोचना खेप्नुपर्योन कि सार्वजनिक समारोहमा जियाले बहिष्कार हुनुपर्ने अवस्थासम्म पनि आइपर्यो्।
कलाकारिता यात्रामा यसरी बद्नामीको पराकाष्टासम्म पुग्दा पनि जियाको चेत भने फिरेन। हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै व्यवहार देखाउँदै आएकी जियाले अभिनय गरेको पछिल्लो चलचित्र ‘बर्बाद’ पनि नराम्रोसँग सेन्सरमा परेको छ। यो चलचित्रमा पनि जियाकै केही दृश्य र संवादमाथि सेन्सरबोर्डले कैँची लगाएको हो। जियाकै कारण सेन्सरमा फेल भएपछि अब ‘बर्बाद’को प्रदर्शन–मिति अनिश्चित बनेको छ।
सस्तो लोकप्रियताका लागि पर्दामा जस्तोसुकै घटिया संवाद पनि बोल्न र सोहीस्तरका दृश्य दिन तयार हुने जियाले सेन्सरलाई चुनौती दिँदै भनिन्, ‘त्यही संवाद पुरुषले बोल्न हुने तर महिलाले किन बोल्न नहुने?’ संवादका कारण चलचित्र बर्बादमाथि कैँची चलाइयो। संवादको कुरा गरिराख्दा जियाले शब्द सामान्य हो भनिन् तर पत्रकार सम्मेलनमा सेन्सर बोर्डले कैँची चलाएको संवाद बोल्न आग्रह गर्दा भने जियाले बोल्न सकिनन्। यसैबाटै थाहा हुन्छ कि चलचित्र बर्बादमा जियाको संवाद कति सभ्य अनि कति असभ्य थियो। आफ्ना प्रायःजसो चलचित्र संवाद सेन्सरमा पर्ने गरेका कारण जिया निकै तनावमा छिन् भन्ने उनका मित्रमण्डलीको कथन छ। ‘आफूले अभिनय गरेका चलचित्रहरू रिलिज नहुँदा टेन्सनमा छु’ भनेर गुनासो गर्ने जियाले बोल्न पाइयो भनेर प्याच्च नबोल्नु, बस्न पाइयो भनेर थ्याच्च नबस्नु भन्ने उखानमाथि ध्यान पुर्याुउने कहिले हो कुन्नी?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको