अमेरिकामाथि खनिएकोमा उत्तर कोरियाको विरोध

५ बैशाख २०७०, बिहीबार ०५:१४ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । हालै कोरियाली प्रायद्वीपमा देखापरेको तनावले समग्र विश्वलाई चिन्तित बनाएको भन्दै नेपाल रिपब्लिक पार्टीले गहिरो चासो र चिन्ता प्रकट गरेको छ । युद्ध, हिंसा र आतंकका श्रृखलालले विश्व पीडित हुँदै आएको र शान्ति, विकास एवम् सभ्यताको बाटोमा अघि बढ्न विश्व मानवताले पुकार गरिरहेको सन्दर्भमा खासगरी दक्षिण कोरिया र अमेरिकाविरुद्ध आणविक मिसाइल लक्षित गर्दै आएको उत्तर कोरियाले आफ्नो सेनालाई उक्त मिसाइल प्रयोगका लागि दिएको अनुमतिले विश्व शान्ति र सद्भावमा नकारात्मक असर पार्नुका साथै विश्वभर तनाव बढाएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको सो पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले जनाएका छन् ।
विग्रह, हिंसा, तनाव र युद्धले दुईमध्ये कुनै पनि पक्षको हित नगर्ने मात्र होइन समग्र विश्वलाई नै दुःखद परिस्थिति तर्फ धकेल्छ भन्दै प्रेसिडेन्ट गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसबारे गम्भीरतापूर्वक विचार गरी आणविक मिसाइल प्रयोगसम्बन्धी आफ्नो निर्णय फिर्ता लिई वार्ता र छलफलको माध्यमबाट द्विपक्षीय असमझदारी समाप्त गर्न उत्तर कोरियाले कदम चाल्नुपर्छ ।’
दक्षिण कोरिया र संयुक्तराज्य अमेरिका दुबै नेपालका प्रजातान्त्रिक मित्रराष्ट्र हुन् जहाँ लाखौं नेपालीहरुको बसोबास छ भन्दै उत्तर कोरियाको उक्त कदमले हाम्रा दुबै घनिष्ट मित्रराष्ट्र र तिनका जनता मात्र होइन त्यहाँ रहेका नेपालीमा समेत तनाव बढाएको विज्ञप्तिमा उल्लेख छ । दुबै घनिष्ठ मित्रराष्ट्रविरुद्ध लक्षित कुनै पनि निर्णय वा कामकारवाहीमा नेपाल र नेपाली जनता सधैंभरि उनीहरुका साथमा रहने स्पष्ट पार्दै दक्षिण कोरियाली जनता, सरकार र त्यहाँको सत्तारुढ पार्टीसँग नेपाल रिपब्लिक पार्टी ऐक्यवद्धता जनाउने गौतमले उल्लेख गरेका छन् ।
उत्तर कोरियाको उक्त निर्णयले विश्वमा उसको नकारात्मक छवि निर्माण हुने र शान्तिप्रेमी विश्व समुदायबाट ऊ अलगथलग पर्ने निश्चित रहेको दाबी गर्दै सो पार्टीले उत्तर कोरियालाई आफ्नो निर्णय तत्काल फिर्ता लिन र संयुक्त राज्य अमेरिकासँगको विवाद तथा असहमति वार्ताद्वारा समाधान गर्ने मार्गतर्फ अग्रसर हुन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको