शहीद अस्पतालका बिरामी कुरुवा नै शहीद हुने अवस्थामा

५ बैशाख २०७०, बिहीबार ०४:५५ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । बिरामीको उपचारको बहानामा चर्को व्यापार गर्दै आएका केही निजी अस्पतालले सेवाग्राहीलाई आवश्यक सुविधाबाट समेत वञ्चित गर्र्दै आएका छन् । राजधानीको प्रवेश नाका कलंकीस्थित शहीद मेमोरियल अस्पतालले उपचारको बहानामा बिरामीबाट चर्को शुल्क असुल्दै आए पनि बिरामी कुरुवाका लागि आवश्यक सुविधाबाट वञ्चित गर्दै आएको हो । आईसीयू कक्षमा राखिएका बिरामीका कुरुवा दिनैभरि सडकको धूलो र धुँवामा उभिन बाध्य पारिएको छ । बिरामी कुरुवाका लागि सातौं तलाको छत व्यवस्था गरिएको तर बेलाबेलामा सम्पर्क गर्न माइकिङ भइरहँदा तलमाथि गर्नको अप्ठ्यारोपनले गर्दा बिरामी कुरुवा सडकमै धूलो र धुवाँको प्रवाह नगरी उभिन बाध्य हुनु परेको गुनासो व्याप्त छ । बस्नका लागि कोठा खाली भए पनि कसैलाई बस्न नदिन रित्ता बेड राखेर ठाउँ ओगटिएको छ त्यहाँ । अस्पताल त्यसमा पनि आईसीयू र भेन्टिलेटर उपलब्ध भएको शहीद मेमोरियलमा आवश्यक न्यून मापदण्डसमेत पूरा भएको देखिन्न । नाजुक अवस्थाका विरामीलाई तलमाथि गर्न लिफ्टको त कुरै छाडिदिऊ, भ¥याङसमेत निकै अप्ठ्यारो छ । यद्यपि, कयौंलाई कमिसनको प्र्रलोभनमा पारेर त्यहाँ बिरामी पुराउने र उपचारको बहानामा चर्को व्यापार गर्दै आएको शहीद मेमोरियलले बिरामी कुरुवाको सुविधाप्रति पनि ख्याल गथ्र्यो कि ? त्यहाँ बिरामीको उपचार गराउन पुगेका कुरुवाले गुनासो गर्दै आएका छन् ।
बताइए अनुसार शहीद अस्पतालले खासगरी पृथ्वी र त्रिभुवन राजमार्गमा भएका दुर्घटनाका बिरामीलाई सिफारिस गर्न लगाएर प्रहरीलाई समेत कमिशनको प्रलोभनमा पार्दै आएको छ भने वीर, शिक्षण, नेपाल प्रहरी र सैनिक अस्पतालजस्ता सरकारी अस्पतालका केही चिकित्सकलाई पनि प्रलोभनमा पार्दै भेन्टिलेटर र आईसीयूका नाममा विरामी त्यता रिफर गर्न लगाउने गरेको पाइएको छ । शहिद अस्पतालमा कार्यरत अधिकांश चिकित्सक वीर, शिक्षण, नेपाल प्रहरी र सैनिक अस्पतालकै रहेको पनि भेटिएको छ । अस्पतालको व्यापारिक नीतिकै कारण अनावश्यक रुपमा विभिन्न परीक्षण गर्ने भन्दै विरामीबाट चर्को रकम असुल गर्ने कार्यले पनि सीमा नाघ्न थालेको गुनासो पनि उत्तिकै आइरहेको छ । त्यति मात्र होइन आइसीयुमा बिरामी राख्दा बढीभन्दा बढी औधषि किन्न लगाउने र त्यो औधषि पसलमा बिक्री गर्ने गरेको गुनासो पनि पीडितले गरेका छन् ।
दुई वटा छुट्टाछुट्टै दुई वटा व्लकमा रहेको शहीद अस्पतालको पुरानो भवन मापदण्डको आधारमा केही सुविधाजनक तथा इमरजेन्सी, ल्याव, ओपीडी र केही वेडको व्यवस्था भए पनि नाजुक विरामीका लागि आवश्यक सुविधा जरुरी पर्ने आईसीयू, भेन्टिलेटर रहेको भवन भने मापदण्डको कुनै पनि प्रतिशतभित्र पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा