मधेसी नेताले मधेसका लागि काम नगरेको मधेसीकै आरोप

५ बैशाख २०७०, बिहीबार ०४:४५ मा प्रकाशित

रुपन्देही ५ वैशाख । पुवमन्त्री एवम् जेपी गुप्ता नेतृत्वको मधेसी जनअधिकार फोरमका नेता सर्वदेव ओझाले वर्तमान सरकारले चुनाबको मिति तोक्नुभन्दा पहिले राजनीतिक दलहरुलाई सहमतिमा ल्याउनु पर्ने बताएका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै नेता आझाले चार दलका नेताले संविधान बनाउन नदिएको उल्लेख गर्दै यस्तै अबस्थामा चुनाब गर्न नसक्ने दाबी गरे । अहिलेको मुख्य समस्या मधेसमा नागरिकता, नयाँ जनगणनाका आधारमा निर्वाचन क्षेत्र तोकिएर चुनाबमा जानु पर्ने उनको धारणा थियो । मधेसी नेताहरुले मधेसको लागि केही गर्न नसकेको पनि उनले बताए । 
यसैबीच शैक्षिक गुण्ँस्तर बृद्धिका लागि सामुदायिक बिद्यालयहरुको स्तरोन्नतीसंगै लगानी बढाउनु पर्ने एक कार्यक्रममका वक्ताहरुले बताएका छन् । उनीहरुले शैक्षिक जागरणका लागि सबै नागरिक मिलेर अगाडि बढ्नुपर्ने औंल्याए । मुलुकको विकास निर्माण्ँको लागि शैक्षिक गुणस्तर आबश्यक रहने भन्दै उनिहरुले सरकारले शिक्षामा लगानी बढाउन नसकेकोमा चिन्ता ब्यक्त गरे । जनजागृति माध्यमिक बिद्यालय शंकरनगर–३ योगीकुटीको ४० औं बाषिर्कोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा