एरिजोना राज्य बिश्वबिद्यालय नेपालसंग साझेदारीमा काम गर्न ईक्षुक

४ बैशाख २०७०, बुधबार २३:०३ मा प्रकाशित

अमेरिका ,अप्रिल ११ ,संयुक्त राज्य अमेरिकाका लागि नेपाली महामहिम राजदूत डॉ. शंकर प्रसाद शर्मा शर्माले एरिजोना राज्य विश्व बिद्यालयमा अप्रिल ८-९ तारिख भ्रमण गर्नु भएको छ l डा शर्माले उक्त भ्रमणमा दुवै प्राबिधिक तथा नवीनतम बिद्यालय भ्रमण गर्दै मुख्य रुपमा उक्त बिश्वबिद्यालयको संचालनमा रहेका स्वच्छ ऊर्जा ,खाद्य सुरक्षा ,पर्यावरण र अन्य कार्यक्रमहरुको जानकारी लिने उदेश्यको साथ यी क्षेत्रमा नेपालसंग साझेदारीमा रुपमा सहयोग हुने आशाको साथ छलफल गर्नु भएको छ l यसैको लागि बिश्वबिद्यालय प्रतिनिधि मण्डल नेपाल छिट्टै भ्रमण गर्ने योजना रहेको जानकारी राजदूतले दिनु भएको छ l

राजदूत शर्माले उक्त भ्रमणमा सी टि आई का बिभिन्न संकायमा रहेका र नेपाललाई काम लाग्ने प्रकार उर्जा सम्बन्धि एरिजोना केन्द्र (ALGAE) प्राबिधिक तथा नवीनतम प्रयोगशाला ,फोटोभोलटाईक विश्वसनीय प्रयोगशाला ,इन्धन सेल आदि ईत्यादीको अवलोकन गर्दै उक्त बिश्व बिद्यालयका बिभिन्न बिभाग तथा संकायक कर्मचारी तथा प्रसासनिक व्यक्तित्वहरुसंग भेटघाट गर्दै सी टि आई ले कसरि काम गर्दछ भन्ने जानकारी लिईएको भनि डा शर्माले दिनु भएको छ l

यो भ्रमणले एरिजोना बिश्व बिद्यालयका पदाधिकारीहरु तथा राजदूतलाई छलफल र अवसरहरु खोज गर्न आधारशिला स्थापना भएको छ l यसैको माध्यमबाट साझेदारीरुपमा नेपाली अधिकारीहरुले प्रशिक्षण र बिभिन्न अवसरहरु पाउनको साथै अनुसन्धान सम्बन्धित नवीकरण उर्जा ,खाध्य सुरक्षा र जलवायु र मौसम परिवर्तन सम्बन्धि संलग्न हुनेछन् l डा शर्माका अनुसार, एरिजोना बिश्व बिद्यालय तथा सोधकर्ता ,अंतर्दृष्टि र यस्का अत्याधुनिक अनुसन्धान ,अक्षय उर्जा ,खाद्य सुरक्षा र जलवायु परिवर्तन क्षेत्रमा गहन ब्यस्त रहेका छन l राजदूत शर्माले थप जानकारी दिदै एरिजोना बिश्व बिद्यालयसंग सम्भावित साझेदारी हुने कुरामा आफु बिश्वस्त रहेको र हाम्रा नेपाली संस्थाहरु (एजेन्सी )स्वच्छ ऊर्जा और खाद्य सुरक्षा उदेश्यलाई अगाडी बढाउन रुचि राख्दछ भन्नु भयो l

एरिजोना विश्व बिद्यालयसंग सम्भावित साझेदारी हुन् सकिने कुरामा आफु विश्वस्त रहेको र हाल सालै एरिजोना बिश्व बिद्यालयको नेतृत्वमा रहेको (VOCTEC) र स्वच्छ ऊर्जा अन्तरगत प्रशान्त द्वीप् समुहका सामुदायिक व्यवसायिक संस्थाको प्रशिक्षण र शिक्षामा लागि साझेदारी जस्तै अनुकरण बन्न सक्ने बताउनु भएको छ lहालसालै युएसए आइ डी को सहयोगमा (VOCTEC)ले प्यासिफिक महाद्वीपका स्थानीय समुदायलाई स्वच्छ उर्जा तालिमको विकास र कार्यन्वयन गरेको जानकारी डा शर्माले दिएको जानकारी गराउनु भएको छ l

प्रशिक्षणले एक स्थाई पाइपलाइन सौर फोटोभोल्भिक प्राबिधिकको निर्माण गर्ने र प्रशान्त क्षेत्र भित्र आफ्नै ”प्रशिक्षकको लागि प्रशिक्षण ‘ को माध्यम द्वारा मानव क्षमताको निर्माण गर्नेलाई सम्बोधन गरिएको छ lप्राबिधिक संचालक तथा प्राबिधिकहरुलाई पद्दती र श्रोत निरन्तर जुटाई कालान्तरमा यस माध्यमबाट सहयोग पुर्याउनु पनि रहेको जानकारी दिनु भयो lभोक्टेक कार्यक्रम प्रशान्त क्षेत्रमा २ बर्ष सम्म निरन्तर लामो प्रशिक्षण कार्यन्वयन जारी हुनेछ भन्ने जानकारी गराईएको छ l

महामहिम राजदूतको भ्रमणको अवसरमा सी टि आई कि डिन (संकायाध्यक्ष) मिटजी मोन्टोयाले सी टि आइ को गतिबिधि बारेमा जानकारी गराउनु भएको थियो l एरिजोना राज्य बिश्व बिद्यालय संकाय नेपाल जस्तो मुलुकसंग जसको उस्तै उदेश्य रहेको हुनाले साझेदारीमा स्वच्छ ऊर्जा अनुसंधानमा काम गर्न ईक्षुक रहेको बताईएको छ l उक्त बिश्व बिद्यालयका उप सभापति तथा अधक्ष्य कार्यालयका कर्मचारी प्रमुखले राजदुतसंगको भेटघाटले नेपालको उच्च शिक्षाका कार्यक्रमलाई सहयोगको लागि साझेदारी सम्भावनाको ढोका खुलेको छ भने वहाको दुई दिने भ्रमणमा डा शर्माले संकाय तथा वरिष्ठ प्रसाशनिक व्यक्तित्वहरुसंग पनि भेटघाट गर्नु भएको थियो भने केहि संकायमा रहेका र नेपालका परियोजनामा अनुसन्धान गरि रहेका बिद्यार्थीसंग पनि अन्तरक्रिया गर्नु भएको थियो lउक्त विश्व बिद्यालयका बिश्व ब्यापी व्यवसायक सहायक उप सभापति स्टेफन फ़ेइनसन्ले महामहिम राजदूत डा शर्मालाई आतिथ्य गर्न पाउदा हर्ष लागेको अभिव्यक्ति दिएका थिए l

वास्तवमा एरिजोना राज्य बिश्व बिद्यालय नेपालमा कृषि तथा जलवायु परिवर्तन तथा अन्य कैयौ परियोजनामा संलग्न रही आई रहेको छ l यो भ्रमणले साझेदारीका सम्भावनाका नया अनुसन्धान तथा पहिचान एरिजोना बिश्व बिद्यालय तथा नेपाल सरकार तथा निजि क्षेत्रमा देखिएको छ l

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको