नेपाल अमेरिका पत्रकार संघ नेजा पत्रकारहरुको अन्तराष्ट्रिय संघ संस्थासंग आवद्द हुदै

४ बैशाख २०७०, बुधबार ०२:२७ मा प्रकाशित

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ नेजाको तर्फ बाट पत्रकारहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तार संयोजनको जिम्मेवारी सम्हाल्नु हुने उपसभापति पुरुषोत्तम ढकालको संयोजनमा पत्रकारहरुको प्रतिष्ठित संस्था (आइएफजे), फ्रिडम फोरम, एशियन अमेरिकन जर्नालिष्ट यसोशिएसन (आजा) र सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे) बीच सहकार्य र आवद्धता बारे पहिलो चरणको सम्बन्ध विस्तार भएको छ ।

नेपाल अमेरिका पत्रकार संघ नेजालाई पत्रकारहरुको प्रतिष्ठित संस्था आइएफजेले आवद्दता प्रदान गर्ने भएको छ भने सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स एसपीजेले च्याप्टरको मान्यता प्रदान गर्न बिधिबत प्रक्रिया सुरु गरेको छ । यसै बीच गत आईतवार बाल्टिमोरमा आयोजित भेटघाटमा दुवै संस्थाका पदाधिकारीहरुबीच एकापसमा औपचारिक सम्बन्ध स्थापना गर्दै सहकार्य गर्ने विषयमा छलफल भएको थियो । यसका लागि एसपीजेले नेजालाई आफ्नो संस्थाको च्याप्टरको रुपमा मान्यता प्रदान गर्नेछ ।

नेपाल अमेरिका पत्रकार संघ नेजाको तर्फ बाट पत्रकारहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तार संयोजनको जिम्मेवारी सम्हाल्नु हुने उपसभापति पुरुषोत्तम ढकालको संयोजनमा बरिस्ठ उपाध्यक्षहरु गौतम दाहाल र विश्व थापा र कार्यकारी सदस्य रमा महर्जन छलफलमा सहभागी रहेका थिए । एसपीजेका तर्फबाट संस्थाकी च्याप्टर कोअर्डिनेटर तारा पुकेले प्रतिनिधित्व गर्नु भएको थियो ।

यसै बीच अमेरिकास्थित विश्व प्रसिद्द डिजिटल पत्रकारिता तालिम केन्द्र युएसटिटिआइले नेपाली मुलका अमेरिकी पत्रकारहरुलाई क्षमता विकाश तालिम प्रदान गर्न आवश्यक सहयोग गर्ने उत्सुकता जाहेर गरेको छ । स्मरण रहोस सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे) र पत्रकारहरुको हकमा क्रियाशील विश्व प्रसिद्द फ्रिडम फोरमको प्रतिनिधि मण्डलले नेपाल अमेरिका पत्रकार संघ नेजाको बाल्टिमोरमा हुने वार्षिक साधारण सभामा सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत