हिन्दुहरुको पुजनीय नेपाली राष्ट्रिय जनावर गाइको तस्करी

४ बैशाख २०७०, बुधबार ०२:२४ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, ४ वैशाख । नुवाकोटको बाटो हुँदै समस्त हिन्दुहरुको पुजनीय नेपाली राष्ट्रिय जनावर गाइको तस्करी बढिरहेको छ । काठमाडौ, नुवाकोट र धादिङ्गलगायतका स्थानहरुबाट गाई जम्मा गरी रसुवाको केरुङ्गसम्म लगी मासु खान प्रयोग गरिएको पाइएको छ । तर, स्थानीय प्रशासनको ध्यान जान सकेको छैन । तस्करहरुले जिउँदो र्गाइको मुल्य प्रतिकिलो एकहजार सम्ममा खरिद गर्ने गरेको जानकारहरु बताँउछन् । तस्करले रसुवाको मैलुगं राम्चे भेगमा नुवाकोटको तुप्चे दुईपिपल, देबिघाट,चारघरेलगायतका स्थानबाट गाई लैजाने गरेका छन् । चीनमा गाई बेच्दा ठगिने सम्भावना भएकोले तस्करहरुले सकेसम्म गाँउमा नै गाईको मासु खाने गरेका छन् । अरु मासुको तुलनामा गाईको मासु महँगो हुने भएपनि बढि खपत हुने गरेको छ । यसरी खुलेआम गाईको ओसारपसार हुँदा पनि सम्बन्धित निकाय आँखा चिम्लेर देखेको नदेख्यै गरी बसेको छ । केहि महिना अगाडि मात्र नुवाकोटको बेलकोट गाविसबाट १० वटा गाई लैजाँदै गर्दा रसुवाका २ जना नक्कली प्रहरीको फन्दामा परेका थिए । केही बेरको प्रहरी प्रशासनको झमेला पछि छुटे ती गाई तस्करीहरु । यसरी खुलेआम नुवाकोटवाट राष्टिय जनावर गार्ई तस्करी गर्ने इजाजत पत्र भए जसरी छुट्ने गरेका छन् तस्करीहरु । गाई तस्कर गर्दा पनि कारबाहीहुन्न भने अब राष्टिय जनावर के लागि मान्ने होला भन्नेमा वुद्धिजिविहरु चिन्तित छन् । व्यापक रुपमा यसरी राष्टिय जनावर दिनानुदिन मासुमा परिणत हुँदा स्थानीय प्रहरी प्रशासन भने मौन नै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट