भारतीय सभामुख सुटुक्क नेपालमा, देउवा र खनालले पाएनन् भेट

४ बैशाख २०७०, बुधबार ००:३३ मा प्रकाशित

काठमाडौं, ४ वैशाख । भारतीय लोकसभाका अध्यक्ष (सभामुख) श्रीमती मीराकुमार तीन दिनको नेपाल बसाइपछि गत सोमबार स्वदेश फर्कनुभएको बुझिएको छ । बेलायती व्यापारी स्व. मिस्टर थिब्बर तथा नेपाली मूलकी नितु थिब्बरका छोराको विवाहमा पति मञ्जुल र स्पेसल ड्युटी अफिसर कृष्ण पाललाई साथमा लिई सरिक हुन आउनुभएकी सभामुखको यो अत्यन्तै गोप्य र निजी भ्रमण भए पनि बसाइका क्रममा उहाँले नेपालका केही शुभचिन्तक, आफन्त र वरिष्ठ व्यक्तिसँग भेट गर्नुभएको थियो ।
चैत ३१ गते एयरइन्डिया २४७ मार्फत ३ः१५ मा त्रिभुवन विमानस्थलमा उत्रनुभएकी मीराकुमार सीधै होटल सोल्टी ओवरायको भीभीआईपी रूम ४६० मा पुग्नुभएको थियो । सोही राति ७–८ बजेका बीच उहाँले अति नै गोप्य रूपमा राजदूत जयन्तप्रसादको पहलमा राष्ट्रपति डा. रामवरण यादवलाई भेटेपछि उहाँ सीधै नितु थिब्बरद्वारा कोपुण्डोलको कुनै विशेष स्थानमा आयोजित कक्टेल पार्टीमा राति ११ः०० सम्म सामेल हुनुभएको थियो । वैशाख १ गते उहाँले होटलको अतिथि कक्षमा केही पूर्वपरिचित नेपाली मित्रहरूलाई भेट दिनुका साथै लगभग पूरै दिन विवाहमा सरिक हुनुभएको थियो ।
सोल्टी होटलकै विशाल हलमा आयोजित उक्त विवाह समारोहमा भारतीय मूलका बेलायती सांसद एवम् वरिष्ठ उद्यमी मि. प्रिन्स पौल, नेपालकालागि भारतका पूर्वराजदूत के.भी. राजन तथा उनकी धर्मपत्नी र प्रधानसेनापति गौरवशमशेर जबरालगायतका वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो । वैशाख २ गते बिहान ११ बजे उहाँसँग नेकपा एमालेका नेता केपी ओली तथा ११ः३० बजे नेपाली काङ्गे्रसकी नेतृ सुजाता कोइरालाले होटलको अतिथि कक्षमा आधा–आधा घन्टा भेट गर्नुभएको थियो ।
त्यसपछि अपराह्न १ः१५ सम्म शुभेच्छुक मित्रहरूसँग भेटघाट गरेपछि उहाँ २ः४५ मा होटलबाट विमानस्थल प्रस्थान गर्नुभएको थियो । एयरइन्डिया २४७ मार्फत ३ः५५ मा दिल्ली प्रस्थान तय भए पनि करिब २० मिनेटजति उडान ढिलाइ भएको थियो ।
नेपालका सरकारी संयन्त्रहरू र मिडियालाई पनि गोप्य राखिएको उहाँको नेपाल भ्रमण विशेष सुरक्षाबीच सम्पन्न भएको थियो । विमानस्थलमा उहाँको स्वागत महामहिम राजदूत जयन्तप्रसादले गर्नुभएको थियो भने बिदाइ डीसीएम जयदीप मजुम्दारले गर्नुभएको थियो । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका तर्फबाट भेट्न समय मागिए पनि मीराकुमारले समय अभावका कारण असमर्थता जनाउनुभएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ