इभिता नयां मिस ग्लोबल व्युटी

२१ चैत्र २०६८, मंगलवार २०:०७ मा प्रकाशित

काठमाडौ, चैत । दोस्रो मिस ग्लोबल व्यूटी क्विनको ताज काठमाडौंको कुलेश्वरकी १९ वर्षिया इभिता ताम्राकारले जितेकी छिन्। इएस क्रियसनद्धारा शनिबार राजधानीको आर्मी अफिसर्स क्लबको प्रेक्षालयमा सम्पन्न मिस ग्लोबल व्यूटी क्विन २०११ मा उपाधि जितेवापत उनले स्कुटरका साथमा २५ हजार रुपिया“ तथा स्कलरसिप हासिल गरेकी छिन् विभिन्न देशका सुन्दरीहरुको सहभागितामा कोरियामा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ग्लोबल व्यूटी क्वीन इन्टरनेशनलका लागि समेत नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन्। ग्रुप अफ इभेन्ट इन्टरट्रेनरले मिस ग्लोबललाई सो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गरेको आयोजक संस्थाका मेनेजिङ डाइरेक्टर सुदिप सत्यालले जानकारी गराए।

प्रतियोगितामा भूमिका ढकाल मिस बेस्ट क्रियटिभको उपउपाधि सहित फस्ट रनरअपको विजेता हु“दै ल्यापटपका साथमा १५ हजार रुपिया“ र स्कलरसीप प्राप्त गरेकी छिन्। त्यस्तै रुपा कार्कीले सेकेण्ड रनरअप भई ल्यापटपका साथमा १० हजार रुपिया“ र स्कलरसीप हात पारेकी छिन्। कोरियोग्राफर सृजना सिंह योन्जन, सञ्चारकर्मी तथा कोरीयोग्राफर जयन सुव्वा मानन्धर, पूर्व मिस नेपाल जेनिसा मोक्तान, व्यूटीसियन सीता पाठक, पत्रकार तारा चाम्लिङ र सपना श्रेष्ठको निर्णायक मण्डलले स्पर्धी १९ सुन्दरीहरुको क्षमता, प्रतिभालगायत पर्पmमेन्सका आधारमा विजेता चयन गरेका थिए। प्रतियोगितामा रुविना दाहाल मिस पपुलर, विनिता अर्याल मिस बेस्ट हेयर, आयुश्मा श्रेष्ठ मिस फोटोजेनिक, प्रतिजा श्रेष्ठ मिस क्याटवक, निभा कायस्थ मिस ट्यालेन्ट, सहारा वस्नेत मिस बेस्ट स्माइल, स्मृति कुंवर मिस बेस्ट फिगर र सविना महर्जन मिस डिसिप्लेन घोषित भए। आइइसी फेसन कलेजका विद्यार्थीहरुले तयार पारेको पोशाकमा क्याटवक गर्दै याम्पमा उत्रिएकी .फस्ट रनर अप भूमिका वेस्ट क्रियटिभ ड्रेस घोषित भएकी थिइन्। फोटोजेनिक विजेताले वेब साइटका लागि फोटो शेषन र म्युजिक भिडियोमा मोडलिङ गर्ने, वेस्ट हेयर तथा वेस्ट सकिन विजेताले नेपाल ओभरसीजमा पारिश्रमिकसहित ब्रान्ड एम्बेसडर हुने अवसर पाउने आयोजकले जनाएका छन्। कार्यक्रममा उपउपाधिका विजेतौलाई विभिन्न आकर्षक गिप्mट हयाम्पर प्रदान गरिएको थियो।
नेपाललाई सौन्दर्य प्रतियोगीतामार्पmत पनि विश्वमा चिनाउन मिस ग्लोबल व्युटी क्वीन २०११ आयोजना गरिएको र यो व्युटी पेजेन्ट आगामी वर्षमा पनि निरन्तररुपमा गरिने आयोजक संस्थाका मार्केटिङ मेनेजर अजय मल्ल ठकुरीले बताए। ‘मिस ग्लोबलले मिस ग्लोबल क्वीन इनटरेनशलनमा सहभागी भएर नेपाललाई अर्को परिचयले पनि विश्वमा चिनाउने कोशिष गर्नेछिन्’ मल्ल्को भनाई थियो। आयोजक संस्थाका मेनिजिङ डाइरेक्टर सुदिप सत्यालले यसपटकको प्रतियोगितामा अन्तराष्ट्रिय मापदण्डका उचाई र शारीरीक बनौटका युवतीहरुलाई मात्र समावेश गरिएको र यसबाट कोरियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउन सजिलो हुने बताए। कार्यक्रममा विविधता प्रदान गर्ने क्रममा मीलन अमात्य, विष्णु चेमजोङ र सपन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने वि वोइङ डान्सबाट दर्शकलाई रोमाञ्चित गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले