हत्या अभियोगमा प्रेमी–प्रेमिका पक्राउ

३ बैशाख २०७०, मंगलवार २३:३८ मा प्रकाशित

काठमाडौं, ४ वैशाख । अवैध रुपमा युवाहरुलाई बैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने गरेको अभियोगमा काठमाडौं कपनमार्ग निवासी सुनिता लामालाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षिया सुनिताको घर खानतलासी गर्दा ५१ वटा पासपोर्ट फेला परेको प्रहरीले जनाएको छ । सुनितालाई थप अनुसन्धानको लागि प्रहरीले बैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ ।
यसैबीच कामनपा–७ का नन्दकिशोर ढुंगेलको छोरा २९ वर्षीय सनत ढुंगेल हत्याको अभियोगमा पक्राउ परेका छन् । ढुंगेलले सिरहा घर भई काठमाडौं मैतिदेवी बस्दै आएका २८ वर्षीय सुमित वि.सि. गत २ गते घट्टेकुलोस्थित तमोर मार्गमा धारीलो हतियार प्रयोग गरी हत्या गरेका थिए । त्यसपछि फरार रहेका अभियुक्त ढुंगेल कलंकीमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनीसँगै प्रहरीले काठमाडौं तीनचुलीकी २१ वर्षिया कविता थापा मगरलाई पनि नियन्त्रणमा लिएको छ । कविता सनतकी प्रेमिका रहेकी र विसीको हत्यामा कविताको पनि मिलेमतो रहेको आशंकामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण