नीला माइक्रोबसले दिएको सास्ती हेर्ने को ?

३ बैशाख २०७०, मंगलवार १७:११ मा प्रकाशित

काठमाडौं, ३ वैशाख । तपाईंले कलंकीबाट रत्नपार्क, रत्नपार्कबाट कलंकी वा कलंकीबाट कोटेश्वर, कोटेश्वरबाट कलंकी नीलो माइक्रोमा यात्रा गर्नु भएको छ ? छ भने पक्कै पनि सास्ती पाउनु भएको होला । नीलो माइक्रोको यात्रु क्षमता प्रस्ट नहुँदा यात्रुले भाडा बुझाएर पनि सास्ती खेप्न बाध्य हुनु परेको हो । चर्को गर्मीमा उकुसमुकुस हुने गरी यात्रु कोच्दा पनि ट्राफिकको ध्यान भने त्यतातर्फ गएको पाइँदैन । कोचमकोच हुने गरी यात्रु चढाउँदा कसैले आपत्ति प्रकट गरेको खण्डमा चालक–सहचालक नै मुखामुख गर्ने गर्छन् । त्यसैले पनि यात्रुहरु तैँचुप मैचुप हुनु परेको अवस्था छ ।
नीलो माइक्रोको यात्रु बोक्ने क्षमता बढीमा बाह्र जनाको हो तर सिटको आकृतिलाई आफू अनुकूल तुल्याएर पन्ध्र जनाभन्दा बढी कोचमकोच हुने गरी यात्रु ओसारपसार गर्ने गरिन्छ ।
यसै विषयलाई लिएर ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालसँग सम्पर्क गर्दा उहाँले त्यो अवस्था स्वयम् यात्रुबाटै उत्पन्न भएको दावी गर्नुहुन्छ । ‘जब यात्रु नै जबरजस्ती चढ्न खोज्छन् भने चालक–सहचालकमाथि कसरी कारबाही गर्न सकिन्छ ?’ उहाँको भनाइ थियो, ‘यात्रु नै जागरुक हुनु प¥यो ।’
ट्राफिक प्रहरीलाई कारबाही गर्न निहुँ चाहियो भने लाइसेन्स, बिलबुक, रोडप्रमिट नभए त कुरै छाडिदिऊ, ब्रेक लाइट, साइड लाइट, हेड लाइट, मिरर नहुँदा पनि चिट काट्ने काम हुन्छ । ट्याक्सीले सिटमा राखेर समान ओसारपसार गरेको खण्डमा कारबाहीको चिट थमाउने ट्राफिक प्रहरी यात्रुलाई भेँडा बाख्राशैलीमा ओहोरदोहोर गराउँदा किन मौन होला ? रहश्यकै विषय हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी