रेग्मीलाई भेटे राजदूतहरुले

३ बैशाख २०७०, मंगलवार १६:३९ मा प्रकाशित

रासस, काठमाडौं, ३ वैशाख । नेपालका लागि इजिप्ट, कतार र साउदी अरेबियाका राजदूतहरूले मंगलबार अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीसँग उनकै कार्यकक्षमा भेटवार्ता गरेका छन् । इजिप्ट र कतारका राजदूतद्वय क्रमशः मुस्तफा गेन्डी र अहमेद जासिम मोहमेद अलि अल हमिद तथा साउदी अरेबियाका कार्यवाहक राजदूत अदनन अलिअल हुमादीले अध्यक्ष रेग्मीलाई भेटेर आ-आफ्ना सरकारकातर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटपछि रासससँग सङ्क्षिप्त कुरा गर्दै राजदूत गेन्डीले आफूहरूले संविधानसभाको सफल निर्वाचनको कामना गर्दै त्यसमा कसरी सघाउन सकिन्छ भन्नेबारेमा छलफल गरेको बताए । भेटमा द्विपक्षीय सम्बन्ध विस्तार एवम् आपसी चासोका विविध विषयमा आफूहरूबीच विचारविमर्श भएको जानकारी पनि राजदूत गेन्डीले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी