मागेजति चन्दा नपाएपछि हत्या प्रयास

३ बैशाख २०७०, मंगलवार १६:३० मा प्रकाशित

काठमाडौं, ३ वैशाख । मुलुकको सुरक्षावस्था कमजोर हुन थालेको टिप्पणी भइरहेकै बेला जनकपुरमा आज एक व्यक्तिमाथि दिनदहाडै गोली प्रहार भएको छ । जनजकपुरको जानकी मेडिकल कलेजका संस्थापक निर्देशक अशोक सिन्हाका निजी सहयोगी उपेन्द्र ओझामाथि गोली प्रहार भएको हो। जनकपुर ४ स्थित आफ्नै निवासमा बसिरहेका बेला उपेन्द्रलाई मोटरसाइकलमा आएका व्यक्तिले छातीमा गोली प्रहार गरेका हुन्। ४५ वर्षे ओझाको अवस्था गम्भीर रहेको बताइएको छ। छातीमा गोली लागेका उनको हाल जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।  गोली छातीभित्रै रहेकाले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
मंगलबार दिउँसो सिन्हा निवासमा मोटरबाइकमा आएका अज्ञात व्यक्तिले पालेलाई बोलाएपछि ओझा बाहिर निस्केका थिए। सोही समयमा उनीमाथि गोली प्रहार गरी अपराधीहरु मोटरसाइकलमा भागेको बताइएको छ । जानकी मेडिकल कलेजका सञ्चालक सिन्हासँग भूमिगत समूहले चन्दा माग गर्दै २ हप्ता अघि कलेजको छात्रावास र  बसमा बमसमेत  राखेको थियो। त्यसयता तराई कम्युनिष्ट पार्टी नामक भूमिगत संगठनले कलेजका संस्थापक, विद्यार्थी तथा कर्मचारीलाई आक्रमण गर्ने धम्की दिँदै आएको सिन्हाका पारिवारिक सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा