बोस्टनमा बम विष्फोट, तीनको मृत्यु, सयौँ घाइते

३ बैशाख २०७०, मंगलवार ०९:३९ मा प्रकाशित

एजेन्सी, ३ वैशाख । अमेरिकाको बोस्टन सहरमा लगातार बम विष्फोट भएको छ । विष्फोटमा परेर तीन व्यक्तिको ज्यान गएको र सयभन्दा बढी घाइते भएको एजेन्सीहरुले जनाएका छन् । नेपाली समयअनुसार सोमबार राती १२ ः ३० बजे बोस्टनको प्रसिद्ध जेएफके लाइब्रेरीको बाहिर घटना घटेको हो भने विष्फोटको समयमा बोस्टन म्याराथुन रेस चलिरहेको थियो । एफबीआईले घटनाको अनुसन्धान सुरु गरेको छ भने प्रारम्भिक अनुमानमा एफबीआईले ‘उग्रपन्थी हमला’ हुनसक्ने बताएको बीबीसीले जनाएको छ । विष्फोटपछि पुरै अमेरिकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
विष्फोटलगत्तै राष्ट्रपति बाराक ओबामाले देशको नाममा सम्बोधन गर्दै बोस्टन विष्फोटको जिम्मेदार व्यक्तिहरुले चर्को मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । यो अपराध कसले गर्यो जानकारी नभए पनि अमेरिकाले खोजेर निकाल्ने आबामाले दाबी गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ