नेजा र एसपीजेका पदाधिकारी बीच छलफल

३ बैशाख २०७०, मंगलवार ०२:१९ मा प्रकाशित

बाल्टिमोर, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ(नेजा) र अमेरिकी पेशागत पत्रकारहरुको संगठन सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे) का बीच सहकार्य र आवद्धता बारे पहिलो चरणको औपचारिक छलफल भएको छ । विगत केही समय यतादेखि दुवै संस्थाबीच आपसी सम्बन्ध विस्तार बारे निरन्तर सम्पर्क भईरहेको थियो ।
आईतवार बाल्टिमोरमा आयोजित छलफल कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरुबीच एकापसमा औपचारिक सम्बन्ध स्थापना गर्दै सहकार्य गरेर अघि बढ्न गर्नुपर्ने प्रक्रियागत विषयमा छलफल भएको हो । यसका लागि एसपीजेले नेजालाई आफ्नो संस्थाको च्याप्टरको रुपमा मान्यता प्रदान गर्नेछ ।
नेजाका वरिष्ठ उपाध्यक्ष एवं यस ग्लोब नेपाल डट कमका संचालक गौतम दाहालको नेतृत्वमा उपाध्यक्षहरु पुरुषोत्तम ढकाल र विश्व थापा र कार्यकारी सदस्य रमा महर्जन छलफलमा यस संस्थाको तर्फबाट सहभागी हुनुहुन्थ्यो । यसैगरी नेजाका सक्रिय सदस्य सतिश चापागाईं पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । एसपीजेका तर्फबाट संस्थाकी च्याप्टर कोअर्डिनेटर तारा पुकेले प्रतिनिधित्व गर्नुभएको थियो । अमेरिका र क्यानडामा रहेका आप्रवासी नेपाली पत्रकारहरुको एकमात्र छाता संगठन नेजासँग सम्बन्ध विस्तार र आपसी समन्वय स्थापनाका लागि भएको यो पहिलो औपचारिक छलफलमा भाग लिन एसपीजेकी प्रतिनिधि यसको मूख्यालय रहेको इण्डियानापोलिस राज्यबाट बाल्टिमोर आईपुगेकी थिइन् ।
एसपीजेको च्याप्टरको मान्यता प्राप्तीका लागि नेजाले कम्तीमा पनि बीस जना सदस्यलाई एसपीजेको सदस्यताका लागि सिफारिश गर्नुपर्नेछ । तत्पश्चात् अन्य प्रक्रिया पुरा गरेपछि नेजाले च्याप्टरको रुपमा आवद्धता प्राप्त गर्नेछ । हाल विभिन्न मिडियामा कार्यरत् सन् १९०९ मा स्थापित अमेरिकी पत्रकारहरुको संगठन एसपीजेमा अमेरिकाभर ६० वटा च्याप्टरहरु रहेको र कलेज एवं विश्वविद्यालयमा पत्रकारिता अध्ययन गर्दै गरेका विद्यार्थीहरुको दुई सयवटा च्याप्टर रहेको संस्थाकी च्याप्टर कोअर्डिनेटर तारा पुकेले छलफलमा जानकारी गराएकी थिइन् । आफ्ना च्याप्टरहरुलाई एसपीजेले वार्षिक कार्यक्रम गर्न,वर्कसप,अन्तरक्रिया र विभिन्न मिडियामा कार्यरत् पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम,फेलोशिप लगायतका कार्यहरुमा सहयोग गर्दछ । नेजा आवद्ध भएपछि नेजाले पनि एसपीजेबाट यी सबै सुविधाहरु प्राप्त गर्नेछ भने अमेरिकाका विभिन्न मिडियाहरुमा कार्यरत् पत्रकारहरुले नेजाका सदस्य पत्रकारहरुलाई अमेरिकी पत्रकारिताको विभिन्न पक्षबारे जानकारी समेत प्रदान गर्नेछन् ।
यस सम्बन्धी विस्तृत छलफलका लागि यही मे ३ र ४ तारिख बाल्टिमोरमा हुन लागेको नेजाको वार्षिक सम्मेलनमा एसपीजेका पदाधिकारीहरुसँग दोश्रो चरणको बैठक गर्न दुवै संस्थाका प्रतिनिधिहरु सहमत भएका छन् ।
पहिलो चरणको छलफलमा नेजाका वरिष्ठ उपाध्यक्ष गौतम दाहालले संस्था स्थापनादेखि हालसम्म नेजाले गर्दै आईरहेका कार्यहरुबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको