अवैध हतियार संकलन अभियान

३ बैशाख २०७०, मंगलवार ०२:१७ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, २ वैशाख । नेपाल प्रहरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै नुवाकोटमा अवैध हतियार संकलन अभियानलाई तीव्रता पारेको छ । दुई महिने अभियानको अन्तिम चरणमा सोमबार सम्म एकसय थान भन्दा बढी अवैध हतियार प्रहरीले संकलन गरेको छ ।
प्रहरी नुवाकोटको किम्ताङ, झिल्टुङ, सामरी, देउरालीलगायतका गाविसबाट एकसय एक थान भरुवा बन्दुक, १५ थान ब्यारल र १५ थान अवैध हतियारका पार्टपूर्जा बरामद गरी स्टोर गरेर राखेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब निरीक्षक लक्ष्मण गौतमले जानकारी दिनुभयो । यसैबीच, सोमबारै एक महिना अघि सरुवा भई नुवाकोट आएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डे सरुवा हुनु भएको छ ।
पाण्डे मिसनमा जानु भएको हो भने पाण्डेको स्थानमा प्रहरी तालिम केन्द्रबाट सानुकाजी लामिछाने सरुवा भई सोमबारदेखि नै जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हाल्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न