पशुपती तथा बुद्द मन्दिर म्यारिल्याड अमेरिकाद्वारा नयाँ बर्ष २०७०

३ बैशाख २०७०, मंगलवार ०२:१५ मा प्रकाशित

बिमला अधिकारी । वासिंगटन डिसी, नेपाली नयाँ वर्ष २०७०को आगमनलाई स्वागत गर्दै अमेरीकाको डिसी मेट्रो एरियामा बस्ने नेपालीहरूले विविध कार्यक्रम गर्दै नयाँ वर्ष मनाएका छन् । अमेरीकाको राजधानी वासिंगटन डि सी मेट्रो एरियामा रहेको नेपालीहरूको मन्दीर NECC को आयोजनामा आफ्नै मन्दीर परिसरमा ति कार्यक्रमहरु आयोजना गरिएका थिए। मन्दीर भएकाले दिनभरि धार्मिक कार्यक्रमहरु गरि सधै जस्तै एस पटकपनि नयाँ वर्षको कार्यक्रम NECC को आयोजनामा भएको मन्दीरका सचिब खिलेन्द्र न्यौपानेले बताउदै सबैलाई नयाँ बर्षको सुभकामना व्यक्त गर्नु भयो ।

दिनभरीमा चार चरणमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा बुद्ध भजन तथा ध्यान सम्बन्धि कार्यक्रम गरिएको थियो ।

दोश्रो चरणमा सामुहिक रुपमा नयाँबर्षको पूजा तथा सत्यनारायणको पूजा गरिएको थियो । पूजा कार्यक्रममा डिसी वरपरबाट आफुले आशा गरेको भन्दा पनि धेरै मानिसहरूको सहभागिता भएको कार्यक्रम संयोजक सरोज प्रजापतीले बताउनु भयो । उहाले यो सहभागितालाई मध्यनजर गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने पनि बताउनु भयो । कार्यक्रमको तेश्रो चरणमा कुशल गायक तथा संगितकार श्याम शुन्दर आचार्यले बालबालिकाहरुलाई कसरि संगित तर्फ़ आकर्षित गर्न सकिन्छ भन्ने बारेमा प्रशिछण दिनु भएको थियो । नेपाल देखिनै संगित बिद्यालय संचालन गर्दै आउनुभएका आचार्यले कार्यक्रममा एकल भजन पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा देखिएको उत्साहलाई मध्यनजर गर्दै अब छिट्टै संगित प्रशिछण कार्यक्रम आचार्यलाई साथमा लिएर संचालन गरिने कुरा कार्यक्रम संयोजक बिनय अर्यालले बताउनु भयो ।

कार्यक्रमको चौथो चरणमा गेथस्बर्ग स्थित नेपालीहरुको साइभजन समूह द्वारा साइभजन प्रस्तुत गरिएको थियो । नयाँ वर्ष पारेर यस्तो धार्मिक कार्यक्रमहरु संचालन हुदा बिभिन्न कार्यक्रमहरु हुदाहुदै पनि उल्लेख्य रुपमा जनसहभागिता भएको देख्दा यस्तो कार्यक्रमहरु निरन्तर रुपमा गर्दै जानुपर्ने कुरा NECC कअ सदस्य मकर रायमाझीले बताउनु भयो । दिन भरको ब्यस्त कार्यक्रममा डिसी मेट्रो वरपरका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा