राष्ट्रियताका संरक्षणका लागि निर्वाचन आवश्यक : नेता नेपाल

३ बैशाख २०७०, मंगलवार ०२:१३ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, ३ वैशाख । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले देशमा राष्ट्रियताको संरक्षणका लागि छिटोभन्दा छिटो निर्वाचनको आवश्यकता रहेको वताउनुभएको छ । नेता नेपालले देशमा लोकतन्त्रको रक्षा, राष्ट्रियताको संरक्षण र नागरिक अधिकारको लागि शान्ति र संविधान आवश्यक रहेको र त्यसका लागि नयाँ संविधानसभा निर्वाचन आवश्यक रहेको ठहर गर्नुभयो ।
नुवाकोटको देवीघाटमा सोमबार पर्यटकिय ककनी रानीपौवा –जग्रे–चिम्टेश्वर–देवीघाट पदमार्गको समापन गर्नुहुदै वरिष्ठ नेता नेपालले देशमा छिटोभन्दा छिटो नयाँ निर्वाचन गरेर नेपाल र नेपाली जनतालाई हक र अधिकारले सुनिश्चित बनाउनुपर्ने वताउनुभयो । सबै दलको एकताबाट देशमा गणतन्त्रको रक्षा हुने भएका कारण गणतन्त्रलाई संस्थागत विकास गर्न निर्वाचनको आवश्यकता रहेको वताउनुभयो ।
देशमा बढ्दै गएको संक्रमणकालको अन्त्यका लागि छिटो भन्दा छिटो निर्वाचन गरेर सबै विषय समेटिएको संविधान निर्माण गरिने ठहर गर्दै नेता नेपालले अबको संविधानसभाको निर्वाचनले नेपाललाई निकास दिने समेत दावी गर्नुभयो ।
देश विकासको लागि पर्यटन पनि महत्वपूर्ण आधार भएको कारण नेपालमा धार्मिक, सांस्कृतिक, भौगोलिक र साहसिक पर्यटन क्षेत्रलाई विकास र विस्तार गरी देशको आर्थिक विकास गराइनुपर्ने समेत वताउनुभयो । नयाँ निर्वाचन पछि बन्ने आगामी संविधानमा पर्यटन क्षेत्रको विकास सुनिश्चित गरिनुपर्ने नेता नेपालको भनाई छ ।
सम्पन्न दुई दिने पदयात्रामा वरिष्ठ नेता नेपालका साथमा अर्का बरिष्ठ नेता केपी शर्मा ओली, नेकपा एमालेका नेताहरु अमृतकुमार वोहरा, मुकुन्द न्यौपाने, प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेन्द्रवहादुर पाण्डे, पृथ्वी सुव्वा गुरुङ, रघुजी पन्त, भानुभक्त ढकाल, केशव पाण्डे, माधव ढुंगेल, राजेन्द्रप्रकाश लोहनी, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, बरिष्ठ योग प्रशिक्षक डा. चन्द्रमणि खनाल, सहित ३० जना विभिन्न राजनीतिक दलका नेता, पत्रकार, विद्यार्थी, पर्यटनकर्मिसहित दुईसय ५० जनाको सहभागिता रहेको छ ।
यसअघि, पदयात्राको पहिलो दिन सहभागीहरु आइतवार प्रसिद्ध पर्यटकिय चिम्टेश्वरमा वास वसेर सोमवार वेलकोट–जिलिङ हुदै देवीघाटमा पुगेर समापन गरिएको हो । पदयात्रामा सहभागीहरुलाई देवीघाटमा नेकपा एमाले नुवाकोट जिल्ला कमिटीले फूलमाला र अविरले स्वागत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

आजको प्रमुख समाचार