वेदना :: लक्ष्मण पुरी

२ बैशाख २०७०, सोमबार २१:४५ मा प्रकाशित

‘छ्या कति पोलेको हो ! मन त पोलेको थियो थियो, भएन भनेर यो घामको उम्को ! उफ् ! मर्न नसकेको स्याल ! एकछिन चुप लागेर बस्न सक्दैन ।’ एक हातले पसिना पुछ्दै अनि अर्को हातले बाख्रो लतार्दै सरला एक्लै फत्फताउन थिइन् ।
फागुनको अन्तिम अन्तिमको बेला । त्यसमाथि तराईको गर्मी । उम्को त हुने नै भयो । एउटा हातमा दाम्लो समातेकी सरलालाई बाख्रोले उल्टै घिसार्दै थियो । भोकले हो कि गर्मीले, बाख्रो म्याँ म्या गर्दै झन् जोडले चिच्याउन थाल्यो । सकी नसकी लतार्दै गोठ छेउको एउटा खुँटोमा बाँधिदिइन् । भैंसीलाई राखेको किम्बुको घाँस अलिकति हालिदिइन् । बाख्रो चुप लाग्यो । गोठमा भएका भैंसीले भने मुख बाएर सरलालाई नै हेरिरहेका थिए ।
‘के छ हो भाउजु ? सन्चै हुनुहुन्छ ? दाई कहिले आउनु हुन्छ त ?’ घाँस हाल्न व्यस्त सरला कसैको आवाजले पछाडि फर्किइन् । रमेशका बुढाबुढी पो रहेछन् । दुवै मुस्कुराईरहेका थिए । ठाँटिएर बजारतिर जान लागेका । भर्खर दुई महिना त भएको थियो रमेशको बिहे भएको पनि । रातो सारीमा सजिएकी रमेशकी बुढी पार्वती पनि कम्ता राम्री थिइन । बिहेका शुरुवाती महिनामा त माया पे्रम पनि निकै बाक्लो देखिने । त्यसैले त एकछिन छुट्टिदैनन् । तर जीवनभरि यस्तै भए पो हुन्थ्यो !
‘अँ सन्चै छु । के हुनु बाबु ! उहि सधैंको घरधन्दा त हो नि । खोई आउनु त पर्ने हो । अनि कता हो त नि दुई जनै ठाँटिएर ?’ सरला पनि कम्मरमा हात राख्दै लामो सुस्केरा तानेर रमेशतिर फर्किइन् । मनमा भने चसक्क बिभ्mयो उसको प्रश्नले । उनको बुढा मलेशियाबाट नफर्केको पनि पाँच वर्ष भैसकेको थियो ।
बाटोको छेउमा घर भएर होकि आउने जानेहरु उनिसँग बोलेरै जान्थे ।
‘यसो तल बजारतिर जान लाको । अलिकति किनमेल गर्नुथ्यो । ल त भाउजु जान्छौं है अहिले ।’ रमेशका बुढाबुढी लागे आप्mनो बाटो । भर्खर भर्खर बिहे भएर हो कि, संकोच मानेर हो, पार्वती चाहिं केही बोलिनन् । मुस्कुराईन् मात्र । बुढाको पछि हिंडिन् लुरुलुरु । सरलाले हेरिरहिन् टोलाएर दुवै जनालाई अलि परसम्म ।
‘ममी हेर्नुन । कालेले मलाई हिर्काउँछ ।’ चार वर्षको छोरो मलिन मुख लिएर तोते बोली बोल्दै लाडिन आइपुग्यो । सरला झस्किइन् ।
‘मोरो आपैm चल्न गए होला ।’ उनलाई के झोंक चल्यो कुन्नि ! च्याँठिएर छोरोलाई थचार्दै एक थप्पड हिर्काइन् । त्यो अबोध बालक अप्रत्याशित व्यवहारले ममीको अनुहारमा एकछिन टोलायो र हिँक्क हिँक्क गर्दै रुन थाल्यो । सरला बर्बराउन थालिन् ।
‘के भो फेरि मेरो नातीलाई । कसले कुट्यो ? कति कुट्छ्यौ यसलाई पनि ।’ नाती रोएको सुनेर भित्रबाट ससुरा बा निस्किए ।
‘नरो बा नरो । म अहिले त्यो कालेलाई दुई थप्पड लाउँछु । मेरो नातिलाई कुट्ने त्यसले !’ हजुरबाले काखमा राखेर सुम्सुम्याउन थाले ।
‘कति चकचक गर्न सकेको हो त नि । एकछिन शान्त भएर बस्न सक्दैन ।’ सरला रिसले रातो अनुहार पार्दै भित्र पसिन् । ससुरा बा केही बोलेनन् ।
०००
बेलुका सबैलाई खाना खुवाएर घरधन्दा सकी आप्mनो कोठामा पसिन् । परिवारमा पनि को नै थिए र ! सासु आमा, बा अनि यहि एउटो त्यान्द्रो । छोरालाई काखमा लिएर सुम्सुम्याइन् । आमाको रिस न हो कतिखेर लाडप्यारमा बदलिन्छ थाहा नै नहुने । ऊ निदायो । बिस्तारै ओछ्यानमा सुताईदिइन् । पंखाको स्वीच अन गरिन् । अनि ढोका ढप्क्याएर बत्ती निभाइन् ।
तराईमा जाडोले छाडेपछि झ्याप्पै गर्मी बढी हाल्ने । त्यसमाथि सिमेण्टको एकतले घर । दिनभरि घामको तापले बेलुका सुत्ने बेला उकुसमुकुस हुने ।
आफु पनि पल्टिइन् ओछ्यानमा । निंद्रा पटक्कै लागेन । मन बरालिन थाल्यो । कोल्टे फेरिन् । मनमा नानाभाँति तर्कना चल्न थाल्यो । पंखा चलाएर मात्र के गर्नु । झन् तातो हावाले पसिना चिट्चिट् आए जस्तो भयो । ब्लाउज फुकालिन् । धोति पनि फुकालिन् । ब्रा र पेटिकोटमा अर्धनग्न पारिन् आफुलाई ।
पूर्णिमाले भर्खर विदा लिएकाले होला जूनको केही उज्यालो झ्यालबाट भित्र छिरेको थियो । त्यहि उज्यालोमा आफुलाई नियालिन् । तलदेखि माथिसम्म । अनि फेरि पल्टिइन् । दिउँसो देखिएका रमेशको जोडी दिमागमा नाच्न थाल्यो । मनमा छट्पटी भयो । माथि सिलिङ्गतिर फर्किएर टोलाइन् । आँखाभरि आँसु भरियो । भक्कानिएर लामो सास तानिन् । यसैगरि त बितेको थियो पाँच वर्ष कसैको पर्खाइमा । आँखा लोलायो । आप्mनो बिहेको स्मृति र गन्थन मनमा नाच्न थाल्यो । तर्कना चल्न थाल्यो । सम्झन थालिन् आप्mनो अतीत आप्mनै भावमा ।
०००
‘केटो गतिलो छ । एक्लो छोरो । सम्पत्ति पनि पुग्दो छ । पढेलेखेको पनि छ । तिमीलाई पनि सुविस्ता हुन्छ छोरी ! फेरि यत्तिको केटो पाउन गाह्रो हुन्छ, फुत्काउनु हुदैंन ।’ बाबाले जोड दिएपछि नर्कान सकिनन् । यस्तै यस्तै सपना देखाएर त बिहे भएको थियो । केटो पनि ठिकै थियो । फेरि सोचे जस्तो, सपना देख्ने जस्तो कहाँ हुन्छ र ? छोरी मान्छेको जात ! जे जस्तो भए पनि मन बुझाउनै पर्ने । बिहे पछि के के न होला जस्तो ।
दुलही बन्ने दिन मनभरि उकुस मुकुस । डर । कौतुहल । जवानीको कुत्कुती । मिठो कल्पनाको उडान । शरीरको उन्माद । कहिल्यै नलगाएका गरगहना । सुरुवाल फुकालेर सारीमा बेरियो शरीर । यस्तो लाग्यो मेरो संसार अब पिंजडामा कैद हुदैंछ । सबैका लागि उत्सव । तर मेरा लागि खै के खै के । यत्रो वर्ष पाउँदैं आएको माया, खेल्दै आएको आँगन चटक्कै छाडेर पराई आँगनमा जानुपर्ने । कसले बुझोस् नारीको वेदना ? खै १ प्रकृतिको नियम हो कि, परम्परा हो कि, नारीको अभाग । इच्छा नभएपनि कसैसँग बाँधिनै पर्ने ।
सिन्दुर हाल्ने बेला शरीर लगलग काम्यो । यस्तो लाग्यो रगत निख्रिदैंछ । प्राण निस्किदैंछ । कसैले घाँटी थिचिदिए जस्तो । एकक्षण संसारै अँध्यारो भयो । कतिखेर टाउकोमा सिन्दुर प¥यो थाहा नै भएन ।
विदाईको बेला मन भक्कानियो । छरछिमेक, आफन्तहरु खासखुस गरिरहेका थिए । कोही रमाइलोमा थिए । विदाईको बेला भएर हो कि केहीको अनुहार अलि निन्याउरो देखिन्थ्यो । घुम्टोभित्र भएपनि सबै दृष्य नियालिरहेकी थिएँ । आमाको आँखामा हेरें । केही पिडा झल्किन्थ्यो । आँखा रसाएका देखिन्थे । बाबा कर्तव्यले गलेका थिए । भाईहरु रमाइरहेका थिए । उनिहरुलाई पीडा थाहा होस् पनि कसरी ? कहिले भोग्नुपर्ने भए पो ! दुलाहा भनाउँदो लट्ठ परेको थियो । मक्ख परेको थियो शायद दुलाहा हुन पाउँदा । उसलाई के थाहा मेरो पीडा । बाध्यता । मन भक्कानियो । धेरै रोएँ । कतिखेर विदा भएर पराई आँगनमा पुगें थाहा पाइन ।
‘खै खै दुलही कस्ती छे ।’ मलाई हेर्नेको जमात । के बुढाबुढी । के केटाकेटी । सबैको नजर मै माथि ।
‘ए राम्री रैछ दुलही त ।’ भीडमा कता–कता प्रशंसा पनि सुनिन्थ्यो । तर मेरो मन भने डरले, कौतुहलले कता कता उडिरहेको थियो । यस्तो बेला त मन पनि आप्mनो वशमा हुँदो रहेनछ । के के आउने आउने मनमा । कर्मकाण्ड सकियो । रात पनि परिसकेछ । घरभरि पाहुनाहरुको भीडले हो कि राति अबेरसम्म पनि गाईंगुई चलिरहेको थियो ।
हामी दुवैलाई एउटा कोठामा राखियो ओछ्यान सजाएर । पति महोदय छेउमा आएर पल्टिए । केही बोल्न खोज्दै थिए । घर साँघुरो भएर होला उनले खोजेजस्तो एकान्त थिएन । अलि चर्को कुरा गरे बाहिर स्पष्टै सुनिन्थ्यो । मलाई खासै बोल्न मन थिएन । जीवनमा एक्कासी एउटा अपरिचित मानिससँग सुत्नुपर्दा मनमा कस्तो भुकम्प जान्छ उसलाई के थाहा ? अँ र ऊँ मा जवाफ फर्काएँ । धन्न उनका हात सल्बलाएनन् त्यस दिन । उन्मुक्ति पाए जस्तो लाग्यो । कतिखेर आँखा लागेछ । भुसुक्कै भएछु ।
अर्कोदिन दुलही फर्काउने चलन । आप्mनो घर अब माइती भएको थियो । फर्केर आउन पाएँ । मनमा हर्ष बढ्यो । खुसीले फुरुङ्ग भए । कैदबाट मुक्त भए जस्तो । तर बिहे पछि पहिला जस्तो स्वतन्त्रता के हुन्थ्यो ? सबैले औपचारिकता मात्र देखाए । बिहे पछि त माइती पनि बिरानो जस्तो हुँदो रहेछ । सबै जना ज्वाईंकै खातिरदारीमा । त्यहि पनि मन केही हल्का भएको थियो ।
रात प¥यो । रात आउँदा पनि डराउनु पर्ने । आप्mनै कोठाको व्यवस्था । आप्mनै ओछ्यान । तर पनि बिरानो लाग्यो । ज्वार्इं भनाउँदा पहिले नै ओछ्यानमा पल्टिएका थिए । सधैं एक्लै पल्टिएको ओछ्यानमा आज एउटा पराई साइनो खोज्दै थियो । आफन्त हुन खोज्दै थियो । सारीको बोझ पहिले नै उतारेकी थिएँ । शरीरमा बाहिरबाट एउटा गाउन मात्र । मन नलागी नलागी भए पनि बत्ती निभाएर छेउमा पल्टिएँ । ऊ के सुतेको हुन्थ्यो १ मनमा के के फुरेको हुँदो हो । बोलीमा मह मिसाएर मस्किदैं थियो ।
जे जस्तो भएपनि अब ऊ मेरो श्रीमान् । चित्त बुझाएँ । अलि अलि गरि उसको जवाफ दिईरहेकि थिएँ । विस्तारै उसको हात कम्मरतिर सल्बलाउन थाल्यो । एक मनले त लाग्यो हात पर हुत्याईदिउँ । रिस उठ्यो । तर खै किन हो सकिन । उसलाई शायद मेरो स्वीकृति लाग्यो । कुरा गर्दागर्र्दै भ्mवाम्म अँगालो हाल्यो । गाला टोकिदियो । ओठ सल्बलाउन थाल्यो । यो बाध्यता हो । डर हो । पीडा हो । मिठास हो वा आनन्द ! केही मेसो पाइन । मनको उतारचढाव तीब्र थियो । धड्कन बढिरहेको थियो ।
उसका हात र ओठ मेरो अंग अंगमा सल्बलाईरहेका थिए । गाडीमा बे्रक हाने जस्तो मेरो मस्तिष्क एक्कासी रोकियो । शरीरले साथ छाड्यो । निष्प्राण भए । कतिखेर अर्धनग्न भएँ । कतिखेर पूर्ण नग्न भएँ थाहा नै पाइन । बस् उथलपुथल चलिरहेको थियो । श्वास बढिरहेको थियो । आँखा बन्द भए । एक्कासी पीडायुक्त प्रहारले तन्द्रा भंग भयो । तर त्यो निरन्तर चलिरह्यो । रोक्न सकिनँ उसलाई । केही समयसम्म प्रहार यथावत रह्यो । त्यो आनन्द थियो वा पीडा ? केही बुभ्mन सकिन । जीवनको एउटा बेग्लै अनुभूति ! बैग्लै गोरेटो !
बिस्तारै बानी प¥यो उसको अँगालोमा निदाउने । भर्खरै त बुभ्mदै थिएँ जवानी । अनि कथित माया । कतिखेर यो त्यान्द्रो पेटमा आएछ । उप्m १ के–के अनुभव लिनुपर्ने आइमाइ मान्छेले दुईदिन बाँचुञ्जेल पनि । बाहिर सल्बलाउने हातहरु त छँदै थिए, भित्र झन् कसैको लात सहनु प¥यो ।
एक्कासी ऊ विदेश जाने रे ! भिसा आयो भनेर सुनायो । म स्तब्ध भएँ । भर्खर सम्हालेकि थिएँ आफुलाई पराई आँगनमा । एक्लोपन हराउँदै थियो । उसको विदेश जाने खबरले मन चसक्क भयो । उसको पनि बाध्यता थियो । यहाँ गरोस् पनि के ? जम्मा प्लस टु त पढेको थियो । खेतीपातीबाट मात्रै पनि अहिलेको जमानामा केही नहुने । रोजगारी पनि के पाओस् बिचरा ! मै हुँ भन्ने पढेलेखेका त हल्लिरहेका थिए । जाबो तीन वर्ष त हो नि । उसलाई रोक्न सकिनँ ।
ऊ गएको दिन रातभरि निंद्रा लागेन । फेरि एक पटक ठगिए जस्तो । एक्लोपन फेरि आइलागेको थियो । मिठा मिठा सपना देखाएर ऊ त उड्यो तर मेरो कल्पनाको उडान रोकियो । मेरो बेथा कसले बुझोस् ?
मृत्युसँग पैंठेजोरी खेल्दै यो त्यान्द्रो बाहिर आयो । सबै पीडा बिर्सिएँ केही पलका लागि । कोही साथ पाए जस्तो । तर बेथा के कम हुन्थ्यो ! झन् झन् थपिँदै थियो । परिवारको जिम्मेवारी अब सबै आप्mनो काँधमा । शुरु शुरुमा त चिठी आउँथ्यो । फोन आउँथ्यो । समयसँग त्यो पनि कम हुँदै गयो । जहिले फुर्सद नभएको बहाना ।
आफु त बरालिएको होला नि कतै । लोग्ने मान्छेको जात न हो । आफु जतिजना सँग बरालिए पनि स्वास्नी चाहिं सती साबित्री नै चाहिने १ उसलाई त कसले छेक्छ र ? सुन्छु मलेशियामा भियतनामी र इण्डोनेशियन केटीहरु छानी छानी पाइन्छन् रे ! आइमाईहरुको खासखुसबाट सुनेको । त्यतै त बरालिएको होला नि । तीन वर्ष भनेर गएको पाँच वर्ष भैसक्यो आउने सुरसारै छैन ।
000
स्मृतिबाट बाहिर आई सरला । मनभरि तर्कना र गन्थनले छट्पटाईरहेकि थिई । कोल्टे फेरी । एउटा सिरानी छातीमा टाँसेकी थिई । मनमा कुरा खेलेपछि निंद्रा पनि के लाग्थ्यो ! तर्कना रोकिए पो ।
आफु यहाँ कसैसँग बोल्यो भने दुनियाँको बात लाग्छ । नानाभाँति कुरा काट्छन् । कर्के आँखाले हेर्छन् । लोभी आँखाले हेर्छन् । कतिखेर त लाग्छ, यस्ता पाखण्डीहरुलाई पर्खनु भन्दा त एउटा मेहनती खोजेर भाँगु कि ! यसरी एक्लै निस्सासिएर बाँच्नु भन्दा बरु मजदुरी गरेरै खान हुन्थ्यो । पैसा मात्र जिन्दगी हो र ? साथ त हुन्थ्यो कसैको हरपल । जवानी नै सकिएपछि के काम त्यो पैसाको ? तर मन कसरी बनाउँ कठोर !
मनको गन्थनले तरर्र आँसु बग्यो सरलाको । सिरानी पुरै भिज्यो । मध्यरात भैसकेको थियो । छट्पटिदाँ छट्पटिदैं भुसुक्क निदाई ।
यसरी हरेक दिन भोग्ने उसको वेदना-पीडा-अन्तद्र्वन्द्व यो निष्ठुरी समय अनि समाजले कसरी बुझोस् ?

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा