वैद्य र यादवलाई विश्वासमा लिन डा. महतको सुझाव

२ बैशाख २०७०, सोमबार १९:४६ मा प्रकाशित

काठमाडौ, २ बैशाख । नेपाली  कांग्रेसका नेता डा. रामशरण महतले असन्तुष्ट दलहरु सहमतिमा आउँछन् भने मन्त्रिपरिषदमा उनीहरुलाई स्थान दिनुपर्ने धारणा अघिसार्नुभएको छ । अहिलेको प्रक्रियाको विरोधमा रहेका नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपाल सहमतिमा आए संविधानसभाको निर्वाचन सुनिश्चित हुने राय प्रकट गर्दै नेता महतले असहमत दलहरुलाई निर्वाचनमा ल्याउन मन्त्रीपरिषद विस्तारसँगै उच्चस्तरीय राजनीतिक समितिलाई समेत विस्तार गर्नु पर्ने सुझाव दिनुभयो । बताए ।
राजधानीमा सोमबार आयोजित साक्षात्कारमा डा. महतले कांग्रेस सभापतिले चार दलको सेण्डिकेट ब्रेक गर्छु भनेको सन्दर्भ स्मरण गराउँदै असन्तुष्ट दलहरुलाई विश्वासमा लिनु अपरिहार्य रहेको तर्क गर्नुभयो । उनीहरुसँग वार्ता गरेर सहमति कायम गरि निर्वाचनको बातावरण बनाउनु पर्छ भन्दै उहाँले मतदाता नामावली संकलनमा रहेको जटिलता र नागरिकता वितरणको कारणले असारको पहिलो साता निर्वाचन हुन नसक्ने अवस्था आएको बताउनुभयो ।
भावी संविधानमा बहुजातीय र बहुसांस्कृतिक पहिचानसहितको आर्थिक रुपमा सवल हुने गरी थोरै संघहरु निर्माण हुनु पर्नेमा जोड दिँदै आवश्यकता र सामथ्र्यताको आधारमा कालान्तरमा गएर संघहरु थपिन सक्ने बताउनुभयो । भारतमा पनि प्रदेशहरु आवश्यकता अनुसार थपघट भएको उदाहरण रहेको उहााको कथन थियो ।
निर्वाचनको लागि अहिले नै कांग्रेसले चुनावी गठबन्धन निर्माणको विषयमा नसोचेको स्पष्ट पार्दै डा. महतले चुनावको बेलामा थोरै सिटमा तालमेल पनि हुनसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको