रेग्मीमाथि बढ्यो थापाको आशंका

२ बैशाख २०७०, सोमबार १९:२३ मा प्रकाशित

काठमाडौं, २ वैशाख । पछिल्लो समयमा सरकारको गतिविधिमाथि आशंका र अविश्वास प्रकट गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले चुनाव नै गराउन नसक्ने सम्भावना बढेको र रेग्मी सरकारले चुनाव गराए पनि त्यो निष्पक्ष तथा स्वतन्त्र हुनसक्नेमा शंका प्रकट भएको अभिव्यक्ति दिएका छन् । खिलराज रेग्मीको अन्तरिम चुनावी मन्त्रिपरिषद् चार राजनीतिक दलको शिखण्डी र कठ्पुलतीसरह रहेको भन्दै थापाले सरकारप्रति आक्रोस पोखे । 
राप्रपा नेपालले चुनावका लागि देशव्यापी जनजागरण अभियान सुरु गर्न लागेको जानकारी दिन पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले मन्त्रिपरिषद् तथा निर्वाचन आयोगमा राजनीतिक भागबण्डा गरिएकोले यसले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन नसक्ने देखिएको बताए । असारको पहिलो साता निर्वाचन हुने वातावरण हुँदाहुँदै पनि चार दल, सरकार तथा निर्वाचन आयोगको कारण हुन नसकेको आरोप लगाउँदै उनले चारदलीय संयन्त्र रहेसम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।