अख्तियारद्वारा कारबाहीको नाममा उन्मुक्ति दिइएको आरोप

२ बैशाख २०७०, सोमबार १९:०२ मा प्रकाशित

काठमाडौ, २ वैशाख । आव ०६८। ६९ मा संचालित सडक निर्माण, सडक मर्मत तथा अन्य पूर्वाधार निर्माणसम्बन्धी योजनाहरुमा निकासा भएको रकम जिल्ला विकास समितिको कार्यालय धनुषाका कर्मचारीको मिलेमतोमा हिनामिना एवम् अनियमितता गरी भ्रष्टाचार गरेको भनी परेको उजूरीका आधारमा अख्तियारद्वारा छानबिन अघिबढाएका धनुषा जिविसका २७ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । धनुषा जिविसको २५ वटा आयोजनामा भ्रष्टाचार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई कानुनअनुसारको कैद तथा बिगो जरिवानाको मागसहित मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । उनीहरुमाथि एक करोड १३ लाख ९८ हजार तीनसय ४३ रुपैयाँ सरकारी रकम हिनामिना गरेको अख्तियारको ठहर छ । 
अख्तियारले तत्कालिन स्थानीय विकास अधिकारी लक्ष्मीनारायण महतोसहित जिविसका इन्जिनियर विनोदकुमार ठाकुर, देवेन्द्र अधिकारी, ज्ञानेन्द्रकुमार देव, विन्देश्वर वनरइत, लेखापाल जीवनाथ चौधरी, जिल्ला विकास समितिको कार्यालय धनुषाका लेखा अधिकृत मदनमोहन लाल कर्ण, समेत १६ जना कर्मचारीहरुसहित आयोजनाका पदाधिकारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
धनुषा जिविसद्वारा आव ०६८। ६९ मा संचालित सडक निर्माण, सडक मर्मत तथा अन्य पूर्वाधार निर्माणसम्बन्धी योजनाहरुमा निकासा भएको रकम जिल्ला विकास समितिको कार्यालय धनुषाका कर्मचारीको मिलेमतोमा हिनामिना एवम् अनियमितता गरी भ्रष्टाचार गरेको भनी परेको उजूरीका आधारमा अख्तियारद्वारा छानबिन अघिबढाएको थियो ।
यसैबीच धनुषा जिविसमा भएको भ्रष्टाचारका विषयमा अभियुक्तहरुलाई कारबाही गर्न माग गर्दै आन्दोलनरत अभियन्ताहरुले अख्तियारले दोषीहरुलाई नाम मात्रको कारवाही गरेको भन्दै आपत्ति जनाएको छ । ३ अर्बभन्दा बढीको भ्रष्टाचारलाई अनदेखा गरी अभियुक्तहरुलाई सजिलै उन्मुक्ति दिने उद्देश्यले अत्यन्त कम भ्रष्टाचार भएको देखाइएको उनीहरुको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री