खाँदबारीको आगलागीमा सात करोडको क्षति

२ बैशाख २०७०, सोमबार १०:०४ मा प्रकाशित

काठमाडौं, २ वैशाख । आज बिहान संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको आगलागीबाट स्थानीय कृष्णमान शाक्यको नगद सात लाखसहित जलेर सात करोडबराबरको क्षति भएको छ । आगलागीबाट चारवटा घर पुर्णरुपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति भने हुन पाएन । बिहान तीन बजेतिर शाक्यको घरबाट एक्कासि अगोको मुस्लो निस्किएको थियो भने आगो फैलिएर भरत श्रेष्ठ, दिनेश श्रेष्ठ र रामकाजी राईको घर पूर्णरुपमा जलेको बताइएको छ । आगलागीमा परेका चारवटै घरमा इलेक्ट्रोनिक्स सामान, जुत्ता र मोवाईल पसल रहेको थियो भने आगलागी नियन्त्रणमा लिन चार घण्टा लागेको थियो ।
आगो निभाउन ५० सेना, जनपथ र सशस्त्र प्रहरी गरि १ सय ५० जना तथा १ हजार बढी स्थानीयवासीन्दा सहभागी भएका थिए । खाँदबारीमा दमकल नभएका कारण आगो निभाउन समस्या भएको थियो । आर्मी क्याम्पमा भएको १ लाख लिटर क्षमताको ट्याङकी आगो नियन्त्रणमा लिन सहयोगी सावित भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी