जिल्ला जनस्वास्थ्यको अवस्था नाजुक

२ बैशाख २०७०, सोमबार ०८:३७ मा प्रकाशित

रुपन्देही, २ वैशाख । तराई क्षेत्रमा पहाडी मुलका स्वास्थकर्मी जान मान्दैनन्, यदि गए पनि तराई मुलका मानिसहरुले उनिहरुलाई टिक्न दिँदैनन् । जसको कारण स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गम्भीर समस्या पैदा भएको रुपन्देही जिल्ला जनस्वास्थ कार्यालयले जनाएको छ  । पहाडी र तराईको संगमस्थल रुपन्देहीमा स्वास्थ्यक्षेत्रले  केहि फड्को मारे पनि अझै सहज वातावरण बन्न नसकेको जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । सेवाको क्षेत्रमा उत्कृष्ट भए पनि  पुर्वाधारको अभाव र भौगौलिक कारणले सबै क्षेत्रमा  प्रगति भने हुन नसकेको उनले बताए  । सरकारले स्वास्थ क्षेत्रलाई मौलिक हकको रुपमा लिए पनि ग्रामीण क्षेत्रमा  समस्या पहिलेकै अवस्थामा रहेको उनको भनाई छ ।
सरकारले जिल्लामा उपस्वास्थ्य चौकिलाई स्वास्थ्य चौकी, स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाएको छ, दरबन्दी थपिएको छ तर भवनको अवस्था दयनिय रहेको छ । रुपन्देहीमा १५ स्थानमा  बर्थिड  सेन्टररहेका छन् । तिनमा प्रयाप्त रुपमा उपकरण नभएको कारण उपचारमा समस्यमा भएको छ । आमा सुरक्षा कार्यक्रमअन्र्तगत रुपन्देहीमा यस बर्ष २० हजार महिलाले सुरक्षित रुपमा बच्चा जन्माएका छन्  । अन्य रोगको उपचारमा पनि प्रगति भएको जिल्ला जनस्वास्वास्थ्य कार्यलयका प्रमुख श्रेष्ठले भने । सिमित श्रोत र साधनकै भरमा रुपन्देही जिल्ला जनस्वास्थ क्षेत्रका कर्मचारीको संयुक्त पहलबाट आफूहरुले काम गरिरहेको उल्लेख गर्दै उनले सरकारको ध्यान जानु जरुरी रहेको औंल्याए । रुपन्देहीमा ४ सय  ३९ जना स्वास्थ्य कर्मचारीको दरबन्दी रहेको छ  ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद