‘मोटे प्रहरी’लाई आइलाग्यो पेट घटाउने सास्ती !

२ बैशाख २०७०, सोमबार ०८:१२ मा प्रकाशित

काठमाडौं, २ वैशाख । प्रहरी प्रधान कार्यालय परिसरमा हालै एक साता लामो योग शिविर सञ्चालन गराएका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले अस्वाभाविक रुपमा पेट बढाएका प्रहरीकर्मीहरुलाई तत्काल पेट घटाएर चुस्तदुरुस्त हुन निर्देशन दिएका छन् । गत मंसिर १५ गते नेपालगन्जको सुरक्षा सम्मेलनबाट फर्कंदा बाटोमा रहेका प्रहरी कार्यालयको निरीक्षण गर्दा प्रहरीको शरीर भद्दा देखेपछि उनले प्रहरीको शरिर चुस्तदुरुस्त राख्नेसम्बन्धी नीति बनाउने बारेमा सोचाई बनाएका थिए । यही सोचलाई अब उनले व्यवहारमा रुपान्तरण गर्न लागेका हुन् । यसअनुसार अस्वाभाविक रूपमा पेट बढाएका प्रहरी अब छानबिनमा पर्ने भएका छन् । अस्वाभाविक रुपले मोटा प्रहरीलाई छानबिनको दायरामा ल्याउन प्रहरी मुख्यालयले देशभर निरीक्षण गर्ने भएको छ । यसका लागि एसएसपीत्रय सुरेश केसी, घनानन्द भट्ट र रमेश पाण्डेलाई सोमबारदेखि नै देशभर निरीक्षणका लागि पठाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको छ ।
प्रहरी महानिरीक्षकले शरीरको तौलसँगै सर्वसाधारणसँगको व्यवहार, बोलीचालीमा समेत सुधार गर्नुपर्ने र प्रहरी पोशाकलाई सफासँग मिलाएर पहिरिनुपर्ने नीति कार्यान्वयन गर्न आदेश गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी