मोगादिशुको अदालतमा आतङ्ककारी हमला, २० को मृत्यु

२ बैशाख २०७०, सोमबार ०७:४८ मा प्रकाशित

एजेन्सी । अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुस्थित एक अदालतमा भएको बम हमलामा २० भन्दा बढी मानिसको ज्यान गएको छ । हमलाकारीहरुले बम विष्फोटका साथै बन्दुक समेत प्रहार गरी मानिसहरुको ज्यान लिएको एजेन्सीहरुले जनाएका छन् । बन्दुकधारीहरु शहरको एक मुख्य कोर्टमा घुसेर जथाभावी फायरिङ सुरु गरेका थिए । सो क्रममा १६ व्यक्तिको मृत्यु भएको थियो भने त्यसपछि हमलाकारीले भवनमा बम विष्फोट गराएको बताइन्छ । विष्फोटका क्रममा थप चार व्यक्तिको ज्यान गएको समाचारमा उल्लेख गरिएको छ । इस्लामी उग्रवादी संगठन अल–शबावले उक्त आक्रमण गराएको अनुमान गरिएको छ ।
अल–शबावको सम्बन्ध अल–कायदासँग रहेको विश्वास गरिँदै आएको छ । पछिल्ला दुई वर्षमा मोगादिशुमा अल–शबावले कैयन पटक यस्ता आतङ्ककारी हमला गरिसकेको छ । विगत दुई दशकदेखि सोमालियामा युद्ध सरदार, राजनेता र इस्लामी उग्रवादीहरुबीच आ–आफ्ना वर्चश्वको लडाइँ चल्दै आएको छ र यस हिंसाको चपेटामा परेर कैयनको ज्यान गइसकेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री