वर्ष २०६९: स्क्यान्डलमय नायकनायिकाहरु

१ बैशाख २०७०, आईतवार २३:१६ मा प्रकाशित

काठमाडौं । अघिल्लो वर्ष ‘लुट’ले टारिदिएको सिनेमा उद्योगको संकट २०६९ सालका सिनेमाले जोगाउन नसकेपनि चलचित्रकर्मीहरु ‘स्क्यान्डल’ मच्चाएर भए पनि मिडियामा छाउन भने सफल भईरहे ।
कलिउडका नायकभन्दा नायिकाहरु स्क्यान्डलका पात्र बढी बनेको देखिन्छ । साथै उत्तेजित दृश्य दिने नायिकाहरुको लर्कोले समेत सिनेमा क्षेत्रमा हंगामा मच्चियो ।

स्क्यान्डलको शिखरमा पुगिन् नायिका रेखा थापा । पति छविराज ओझासँग डिभोर्सको हल्ला फिंजाएर शुरु भएको रेखाको स्क्यान्डल यात्रा यतिमै सीमित रहेन । बोर्ड अध्यक्षा बन्न एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डदेखि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सम्मको ढोका चाहरेर समेत उनले आफूलाई चर्चामा उभ्याइन् । भलै बोर्डको पहिलो महिला अध्यक्ष बन्ने उनको धोको धर्मेन्द्र मरबैता ‘पप्पु’ले उडाइदिए ।

वर्षको अन्तिमतिर उनै पप्पुसँग गाँजा तानेर रे
खाले खैलाबैला मच्चाइदिइन् । शिवरात्रिमा पप्पुसँगै गाँजा तानेको तस्वीर सार्वजनिक भएको थियो । गाइजात्राको अवसरमा व्यंग्यात्मक टिप्पणी लेख्ने पत्रकारको कार्यालयमै पुगेर झापड हानेर उनी हिट भएकी थिइन् ।

उत्तेजित सिनका कारण चलचित्र विकास बोर्डले ‘एटीएम’ सिनेमा नलचेपनि यही सिनेमाकी एक नायिका जिया केसी भने खुबै चलिन् । नायक भुवन केसीलाई प्रेम गर्ने अभिव्यक्ति दिएर सिनेमाबाट कमाउन नसकेको चर्चा कमाइन् । भुवनसँग विवाह गर्ने आशयको अभिव्यक्ति उनले दिएकी थिइन् ।

पुरानो वर्षलाई बिदाइ गर्ने बेलामा एकाएक छाइन्, नायिका सुमिना घिमिरे । अपशब्द र गालीगलौजयुक्त भाषासहित पत्रकारलाई ज्यान मार्ने धम्की दिएर, सुमिना विवादमा तानिएकी हुन् । सिनेमा प्रवर्द्धनका लागि मलेशिया जाँदा निर्माताको अँगालोमा विमानस्थलमै बेरिएको काण्डले पनि सुमिले ठाउँ पाइन् । ‘नाइन वक्लक’ का निर्माता रमेश संवेदनासँग सोही फिल्ममा खेलकी उनी आँलिगनमा बाँधिएको देखेर अन्य कलाकारहरुले जिभ्रो टोकेका थिए ।
आइटम डान्सको जादुले चल्न नसकेकी नायिका सुष्मा कार्की आफ्नो प्रेमीको हर्कतका कारण पटकपटक विवादमा तानिइन् । लिभिङ टुगेदर सम्बन्धमा रहेकी सुष्माले प्रेमी नरेन शाहीको चर्तिकलाका कारण ‘वार’ सिनेमाको छायांकन स्थलबाटै हात धोएर बाहिरिनुपर्‍यो । नरेनले एक सेकेन्ड पनि नछोड्ने भएपछि सुष्मा कतिसम्म हैरान बनेकी थिइन् भने ‘राजनीति’ को आइटम डान्सको छायांकनका क्रममा ड्रेसमा प्रेमीले आपत्ति जनाएपछि आँसु नै चुहाएकी थिइन् । नायिकाबाट आइटम गर्लमा खुम्चिएकी सुष्माले आइटम डान्स समेत कम पाउन थालेकी छिन् ।

प्रमे सम्बन्धमा आएको उत्तरचढावको खबरले पनि कलाकार चर्चामा रहे । आफ्नो प्रेमसम्बन्ध छुपरुस्तम राख्न खप्पिस नायक राजेश हमालको प्रेमिका मधु भट्टराईको तस्वीर सार्वजनिक भएपछि हमालको बुढेशकालको प्रेमले राम्रै माइलेज पायो ।

ढुकुरको जोडी उपमा पाएका नायिका ऋचा शर्मा र नायक विनय श्रेष्ठको प्रेम सम्बन्ध छिनेको खबरले पनि दुवै जना चर्चामा रहे । बेजोड प्रचार गरिएको सिनेमा ‘भिजा गल’को असफलताको झड्का कम नहुन पाउँदै उनीहरुको प्रेमको जहाज दुर्घटना भयो ।

नायिका पि्रयंका कार्कीको वैवाहिक जीवन टुंगिएको र बिनिता बरालको पं्रेम सम्बन्ध नासिएको खबर पनि यही वर्ष सार्वजनिक भयो । कार्कीले एकवर्षअघि नै डिभोर्स गरिसकेको केही महिनाअघि मात्रै पत्तो भयो ।

संसारमा मान्छे दुई थरीका मात्रै छन् भनेर पूजना प्रधानबाट ‘स्त्री’ बनेकी पूजनाले आफ्नो स्त्रीरुप देखाएर चर्चामा आइन् । ‘रक्षा’ सिनेमाका लागि दिएको हट पोजका कारण स्त्रीले हंगामा ल्याइन् । हर्बलका सामान ठगी काण्डमा समेत उनी मुछिएर केही समय भूमिगत समेत बस्नुपर्‍यो पूजनाले ।

वर्षभरी सिनेमा उद्योगले स्क्यान्डल बेहोरेपनि अन्तिममा दुई जना कलाकार सगरमाथा चढ्ने अभियानमा लागेर सकारात्मक सन्देश दिन सफल भए । नायिका निशा अधिकारी र नायक अर्जुन कार्की अहिले सगरमाथा यात्रामा छन् ।
Source:FilmNepal

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा एकपटक भएको विवाहलाई सात जन्मसम्मका लागि मान्ने चलन छ । तर एक अमेरिकी अभिनेत्री पामेला एन्डरसनले आफ्नो

काठमाडौं।बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।