उपसचिवलाई फापेन नयाँ वर्ष !

१ बैशाख २०७०, आईतवार २२:०८ मा प्रकाशित

काठमाडौं, १ वैशाख । राजधानीका क्यासिनोहरुलाई नेपालीरहित तुल्याउने अभियान सुरु गरेको प्रहरीले नयाँ वर्षको पहिलो दिन अन्न क्यासिनोबाट नेपाल सरकारका एक उपसचिवलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग दरबारमार्गले सो क्यासिनोमा छापा मार्दा जिल्ला प्रशासन कार्यालय ललितपुरका उपसचिव भवनाथ भट्टराई जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसँगै अन्ना क्यासिनोबाट अन्य चार नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा बौद्धका समिर विक्रम केसी, निमा लामा, विक्रम कुँवर र सुन्दर कोइराला रहेका छन् भने प्रहरीले उनीहरुका साथबाट १ लाख ४७ हजार ५ सय नगदसहित १० हजार र एक हजार दरका क्वाइनहरू बरामद गरेको जानकारी दिएको छ । यसरी पक्राउ परेका सबैमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा