संविधान नआउने आशंका; अब ढिला गर्न हुन्न – शोभाकर पराजुली

२१ चैत्र २०६८, मंगलवार १९:४४ मा प्रकाशित

सर्वोच्च अदालतले संविधानसभाको म्याद १४ जेठ २०६९ पछि बढाउन नहुने गरी गरेको फैसलाउपर पुनरावलोकनका लागि प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवास नेम्बाङले गत मंसिर ९ मा दिएको निवेदनलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि अब १४ जेठमा संविधान आउने वा विकल्पमा जानेबाहेक अन्य बाटो टुंगिएको छ। हुनत, राजनीति र अदालती व्याख्याबीचका विवादमा एउटापछि अर्को सिङ पुच्छर पलाउनु अनौठो होइन। जे भए पनि, संविधानसभा अनन्तकालका लागि त होइन। राजनीतिक नेताहरुले पनि बुझेकै हुनुपर्छ, यो आवधिक संरचना हो। विश्वका सफल संविधानसभा कसैले पनि संविधान बनाउन चार वर्षभन्दा बढी लगाएका छैनन्। पटकपटक अवधि थप्नु असफलताको द्योतक हो। अतः १४ जेठ, २०६९ मा संविधान नआउने हो भने हाम्रो संविधानसभा असफल भयो भन्नु अन्यथा हुनेछैन। संविधानसभाको प्रयोगलाई सफल बनाउन भने बााकी अवधिमा पनि सकिने ठाउा छ।

संविधानसभाको पटकपटक थपिएको पछिल्लो अवधि सकिन अब ६० दिन पनि छैन। यो अवधिमा पनि संविधान नआउने आशंका बढ्न थालेका छन्। तीन दलका शीर्ष नेताले सेना समायेाजन, शान्ति प्रकृया र संविधानका विवादित विषयको छिनोफानोका लागि भनेर आ136नै पहल र निर्णयमा लिएका संयुक्त एवं अलग अलग जिम्मेवारी पनि अहिलेसम्म पुरा भएको छैन। नयाा संविधानका विवादित विषय हुन् वा सेना समायोजन, कहिले १ महिना, कहिले १५ दिन, १० दिन, ५ दिन गर्दै विवाद टुंग्याउाछौा भनी गत मंसिरदेखि शीर्ष नेताहरु आफैाले तय गरेका म्याद एकपछि अर्को गर्दै गुजि्रंदै गएका छन्। यसले उनीहरुको विश्वनीयतामा पनि प्रश्न उठाएको छ। यस पटक पनि आ136नो बोली पुरा नगर्ने हो भने उनीहरुमाथि जनताको विश्वास टुट्ने निश्चित छ। यसै पनि १४ जेठ नजिकिादै जाादा जसरी भए पनि संविधान ल्याउनुपर्छ भन्ने आवाज जोडतोड उठ्न थालेको थियो। त्यसमाथि सर्वोच्च अखालतको पछिल्लो निर्णयले संविधानको काम सक्नुको विकल्प देखिन्न। संविधानसभाका अध्यक्षले पनि प्रकृया छोट्याउनु पर्नेमा जोड दिंादैछन्। समायोजन र संविधानका विवादित विषय मिले प्रकृया छोट्याउन कठिन हुने छैन। वास्तवमै १४ जेठभित्र संविधान जारी नै गर्ने हो भने प्रकृया जतिसुकै छोट्याए पनि २०६९ साल बैशाखको अन्त्यसम्ममा संविधानको मस्यौदाले विधेयकको रुप लिइसक्नु पर्छ। यो त प्राविधिक विषय हो तर त्यसभन्दा पहिले संविधानको मस्यौदा त तयार हुनुपर्‍यो। त्यसका लागि दलहरुबीच सहमति चाहिन्छ। मुलुकको राजनीति भने त्यतातर्फ अग्रसर भएको छैन।
शान्ति र संविधान कोरा कल्पना हुन सक्तैन। राजनीतिको धरातलीय यथार्थबाट आउने हो। संविधानसभामा सबैभन्दा ठुलो दलको हैसियत पाएको एकीकृत नेकपा (माओवादी) गम्भीर अन्तरकलहमा फसेको मात्र होइन विभाजनको दोसााधमा उभिएको छ। समाधानको बाटोमा चाहे समायोजनको सबाल होस् वा संविधानको विषय, अध्यक्ष पुष्पकमल दाहालले गर्ने कुनै पनि सहमतिमा पहिलो चुनौती उनको दल नै हुादैआएको छ। संविधानका विषयमा नेपाली कांग्रेसमा खासै आन्तरिक विवाद देखिन्न। यसको मुख्यकारण कांग्रेससाग कुनै नयाा अजेन्डा नहुनु नै हो। अरुले ल्याएका प्रस्तावमा हुन्छ वा हुन्न भन्नुबाहेक उसको छुट्टै अजेन्डा देखिन्न। परिवतिर्त सन्दर्भमा प्राथमिकता निर्धारण गर्न नसक्नु वा त्यसमा सहमत नहुनु हाम्रो राजनीतिक रोग हुादै आएको छ।
तसर्थ विकल्प छैन भनेर जति दोहोर्‍याए पनि १४ जेठको समयसीमाभित्र संविधान अपेक्षा गर्ने आधारहरु स्पष्ट हुन सकिराखेका छैनन्। विभाजनोन्मुख दलले शान्ति र संविधानका लागि यतिखेर अत्यावश्यक पर्ने निर्णायक निर्णय लिन सक्तैन कि भनेर शंका गर्न थालिएको छ र जुन स्वाभाविक पनि हो। यसबेला माओवादी खासगरेर यसका अध्यक्ष दाहाल ऐतिहासिक परीक्षाको कठघरामा छन् – पार्टीभित्रकोे तालमेल मिलाउनुमात्र उनको काम हो वा अन्य दलहरुसाग मिलेर आफैाले पहल गरेको शान्ति र संविधानका पक्षमा निर्णायक पनि हुने? उनले हिम्मतसाथ निर्णय गरे जनताले साथ दिनेछन्। जनतासाग प्रत्यक्ष संवाद गर्न सक्ने उनको जोडाको नेता अहिले अर्को छैन। तसर्थ उनका लागि पनि यो अन्तिम अवसर होे।
कांग्रेस र एमालेका नेताहरु भन्छन् सेना समायोजन नभई संविधानका विषयमाथि कुनै छलफल हुादैन। उनीहरुको दाबी छ, माओवादी लडाकुहरु रहेका शिविर पुरै खाली हुने गरी समायोजन काम सम्पन्न भए संविधानको टुंगो एक सातामा लगाउन सकिन्छ। के यो सााच्चै हो? संविधानका विषयमा रहेका विवादहरु त्यति सहजै समाधान हुन सक्छन्? बााकी रहेका दिनहरु खेर नफाली काम गर्ने हो र संविधान पारित गर्ने प्रकृया छोट्याउने हो भने यो संभव छ। अन्यथा यी हावादारी गफ र नेताहरु झुटा साबित हुनेछन्। आगामी १४ जेठमा संविधानको घोषणा त कुरै छाडौा, मस्यौदा पनि आउादैन। हामी संविधानसभाको असफल प्रयोग गर्ने राष्ट्रका रुपमा इतिहासमा अंकित हुने अवस्थामा पुग्दैछौा। संविधानसभा भित्र र बाहिर यसलाई असफल साबित गर्ने दुषप्रयत्नहरु निर्णायक हुने संभावना बढ्न थालेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।