नववर्षको उपहारस्वरुप तम्घासमा महिला आवास गृह

१ बैशाख २०७०, आईतवार २१:२६ मा प्रकाशित

चन्द्रकान्त  खनाल, गुल्मी, १ वैशाख ।  नव वर्षको आगमनसँगै अब तम्घासमा पढ्न आउने छात्राहरुलाई कोठा खोज्ने झण्झट कम हुने भएको छ । यहाँका एक युवाले नव वर्षको पहिलो दिनदेखि तम्घासमा महिला आवास गृह सञ्चालन गरेपछि यस्तो झण्झट कम हुने भएको हो ।
तम्घास ४ खानीगाउँ चौराहदेखि तल शान्ति समिति रहेको भवनमा अर्खले ९ भाडगाउँका अनिल बस्नेतले रेसुङगा महिला आवास गृह सञ्चालन गरेका हुन् । ५ लाख लागतमा सञ्चालन गरिएको रेसुङ्गा आवास गृहको उद्घाटन रेसुङगा क्याम्पसका पुर्वक्याम्पस प्रमुख एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष शशि पन्थीले गरे । श्रृजनशील काम गरेको भन्दै पन्थीले बस्नेतको प्रशंसा गरे र अबका सबै युवाले यस्तै सिर्जनशील काममा लाग्नुपर्ने सुझाव दिए ।
एउटा कोठामा कम्तीमा तीन र बढीमा पाँच छात्र बस्न सक्ने, त्यहीँ खानाा बनाउने तथा खाने लगायतका सबैखाले सुविधा उपलब्ध हुने आवसगृहमा प्रति महिलाले भर्नाशुल्क १५ सय र मासिक ५ हजार तिर्नु पर्ने व्यवस्था गरिएको छ । ब्यक्तिगत कोठाकोभन्दा उच्च सुविधा सम्पन्न अवासगृहमा स्वस्थकर भोजन, विजुली पानी्, संञ्चार सेवा, स्वास्थ्य, ज्ञान मनोरञ्जन, टयुशन र पारिवारिक वातबरण उपलब्ध हुने ब्यबस्थापक अनिल बस्नेतले बताए । आवासगृहमा महिलाको सुरक्षा लगायतका विषयमा भिविन्न नियमहरु बनाइएको र उनिहरुले पुर्ण सुरक्षित पारिवारिक बातबरणमा पढ्न पाउने बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण