चीन र भारतको कार्ड प्रयोग गर्ने दिन सकिएको प्रचण्डको कथन

१ बैशाख २०७०, आईतवार २१:०१ मा प्रकाशित

काठमाडौं, १ वैशाख । नेपालको स्थायित्व र आर्थिक समृद्धिका लागि आफू छिमेकी देश चीनको भ्रमणमा निस्किएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनाएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार साताव्यापी चीन भ्रमणका लागि निस्कँदै गर्दा आइतबार त्रिभुवन बिमानस्थलमा आयोजित पत्रकार सम्मेल नमा प्रचण्डले राष्ट्रिय हित र स्वार्थ अनुकूल छिमेकी मित्रराष्ट्रहरुले गरेको आर्थिक उन्नति र प्रगतिबाट फाइदा लिने गरी आफूले भ्रमणको सुरुवात गरेको जनाए । कतिपयले अनुमान गरेअनुरुप कुनै राजनीतिक मिसनका लागि आफू चीन भ्रमणमा जाने होइन भन्ने कुरालाई विशेष जोड दिँदै प्रचण्डले आफू पहिले छेन्दु पुग्ने र त्यहाँ आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गरेपछि भोलीपल्टै बेइजिङ पुग्ने खुलासा उनले गरे ।
त्यहाँ रहँदा चीनका राष्ट्रपति, प्रधानमन्त्री, कम्युनिस्ट पार्टीका उच्च स्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताउँदै प्रचण्डले चीन भ्रमणका समयमा आगामी संविधानसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनका लागि सहयोगको आग्रह गरिने समेत बताए।
पत्नी सीता दाहाल, सहयोगी सन्तु दराई, स्वकीय सचिव चुडामणि खड्कासहित अन्य केहीलाई साथ लिएर चीन प्रस्थान गरेका प्रचण्डले चीनलाई भारत र भारतलाई चिनियाँ कार्ड देखाएर राजनीति गर्ने दौर समाप्त भएको बताए । दुवै छिमेकी मुलुकसँग समदुरीको सम्बन्ध राखेर नेपालको सर्वोपरी हितमा काम गर्न आफू लागिपरेको दाबी गरेका प्रचण्डले फर्किए लगत्तै भारतको भ्रमण गर्ने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक